बिर्तामोड / कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले आज पद तथा गोपनियताको शपथ लिँदै छन् । हिजो ४७ जना सदस्यको समर्थनका साथ मुख्यमन्त्रीमा नियुक्त थापाको शपथ बिहान साढे १० बजे प्रदेश प्रमुखको कार्यालयमा हुने तय गरिएको छ ।
थापाले आजै मन्त्रिपरिषद् विस्तारको तयार गरेका छन् । उनले यसअघिकै मन्त्रीहरूलाई निरन्तरता दिने बुझिएको छ । गत असार २१ गते सभामुख बाबुराम गौतमको समेत समर्थनमा मुख्यमन्त्री बनेका थापालाई नियुक्ति प्रक्रिया असंवैधानिक रहेको भन्दै साउन ११ गते सर्वोच्च अदालतले पदमुक्त गरेको थियो ।
सभामुखकै हैसियतमा सरकार निर्माणमा सामेल भएको भन्दै सर्वोच्च अदालतले थापाको नियुक्ति बदर गर्दै सरकार गठन प्रक्रिया फेरि सुरु गर्न परमादेश दिएको थियो । हिजो सभामुख गौतमलाई राजीनामा गराएर थापा फेरि मुख्यमन्त्री नियुक्त भएका हुन् ।