झापा / घरायसी विवादका कारण भरुवा बन्दुकले हानेर एकजनाले श्रीमतीको हत्या गरेका छन् । तनहुँको व्यास नगरपालिका - ५ मानुङका ५६ वर्षीय श्री प्रसाद आलेले ४७ वर्षीया गीता आलेको हत्या गरेका हुन् ।

मंगलबार राति ११ बजे श्री प्रसादले गीतालाई भरुवा बन्दुकले हानेर घाइते बनाएको र उनको दमौली अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँणले जानकारी दिए । श्री प्रसादलाई प्रहरीले गएराति नै नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।