झापा / अब रक्सी पिउन लाइसेन्स अनुमति कार्ड अनिवार्य बनाउनु पर्ने भएको छ । जुम्लाको गुठिचौर गाउँपालिकामा रक्सी सेवन गर्नेहरूले १ भदौ २०८० अगाडि नै मदिरा (रक्सी) सेवन कार्ड लिनु पर्ने भएको हो । यस गाउँपालिकाको मदिरा (रक्सी) नियन्त्रण कार्यविधि २०८० पास भएसँगै यो नियम कार्यान्वयनमा आउने भएको हो । गाउँपालिकाले एक सूचना प्रकाशित गरी यसबारे जानकारी गराएको छ ।

गाउँपालिकाका अनुसार रक्सी सेवन गर्न चाहनेले साउन भित्रै यस्तो कार्ड लिनुपर्ने भएको छ । पाहुना आएका व्यक्तिले रक्सी सेवन गर्न चाहेमा अतिथि मदिरा सेवन कार्ड लिनुपर्ने समेत गाउँपालिकाले जनाएको छ । रक्सीको बिक्री वितरणका लागि इजाजत अनिवार्य गर्दै गाउँपालिकाले यस्तो इजाजत लिन, नवीकरणको काम समेत साउन भित्रै गरिसक्न सूचित गरेको छ ।

OM Sai Pathibhara Hospital

गाउँपालिकाको नियम नमाने पहिलो पटक १ हजार जरिवाना गरिने भएको छ । सोही व्यक्तिले पटक-पटक नियम तोडेमा भने हरेक पटक २ हजारका दरले जरिवाना बढ्दै जाने समेत सूचनामा उल्लेख छ । मदिरा बिक्री वितरण गर्नेले नियम तोडेमा भने पहिलो पटकलाई १० हजार र त्यसपछि पटकैपिच्छे २० हजारका दरले जरिवाना बढ्दै जाने समेत सूचनामा जनाइएको छ ।