बिर्तामोड / झापाको मेचीनगर नगरपालिका- १३ चारआली चोकबाट अवैध लागूऔषध ब्राउनसुगर सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा  इलामको सूर्योदय नगरपालिका- ११ बस्ने २६ वर्षीय किरण राई रहेका छन् । 

प्रहरी चौकी चारआलीबाट खटिएको प्रहरी  टोलीले उनलाई ६ ग्राम  ब्राउनसुगर सहित सोमबार साँझ पक्राउ गरेको हो । पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।