काठमाडौँ / नक्कली भुटानी प्रकरणमा पक्राउ परेका टोपबहादुर रायमाझी र बालकृष्ण खाँण सहितका अभियुक्तहरूले उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेका छन् । आफूहरूलाई थुना मुक्त गर्न माग गर्दै रायमाझी र खाँण सहितका अभियुक्तहरूले उच्च अदालत पाटनमा रिट निवेदन दायर गरेका हुन्  । नक्कली भुटानी शरणार्थी प्रकरणमा आफूहरूलाई थुनामा पठाउने जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध उनीहरूले उच्च अदालतमा पाटनमा रिट दिएका हुन् ।

तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, तत्कालीन गृहमन्त्री बालकृष्ण खाँण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटावा शेर्पा, यो प्रकरणका विचौलिया केशव दुलाल सहित थुनामा रहेका अभियुक्तहरू उच्च अदालत पुगेका हुन् ।

OM Sai Pathibhara Hospital

उच्च अदालत पाटनका अनुसार थुनामा पुगेका प्रतिवादीहरूले जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध केही दिनअघि नै रिट निवेदन दायर गरेका हुन् । उनीहरूले दायर गरेको रिटको सुनुवाइका लागि एक सातापछि पेसी तोकिने अलदालतले जनाएको छ । पक्राउ परेका १८ जनामध्ये १६ जनालाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले १ असारमा थुनामा पठाउने आदेश दिएका थिए ।