काठमाडौं / निर्माण व्यवसायीहरूले बालुवाटारस्थित प्रधानमन्त्री निवास नजिकै विरोध प्रदर्शन गरेका छन् । उनीहरु निर्माण यन्त्रहरु सहित मंगलबार बिहानै विरोध प्रर्दशनमा उत्रिएका थिए । प्रर्दशनमा डोजर लगायतका अन्य केहि निर्माणयन्त्रहरु थिए ।

व्यवसायीहरूले सार्वजनिक खरिद अनुगमन अघि सार्वजनिक खरिद ऐन तथा नियमावली तत्काल संशोधन गर, जुनसुकै अवधिको ठेक्काको मूल्य समायोजन गर, सम्पूर्ण ठेक्काको एकमुष्ट म्याद थप गर, उपभोक्ता समितिबाट हुने निर्माण कार्य खारेज गर लगायतका नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । व्यवसायीहरूले सोमबार पनि प्रदर्शन गरेका थिए ।