बिर्तामोड / झापाको बुद्धशान्ति गाउँपालिकामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । बुद्धशान्ति गाउपालिका - ४ हापेन चोकमा हुलिया पहिचान नभएको अन्दाजी ४० वर्षीय पुरुष मृत फेला परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बुधबारेका प्रमुख प्रविण भट्टराईका अनुसार कालो, निलो रङ्गको जिन्सको पेन्ट, आकाशे रङ्गको भेष्ट लगाएको, हेर्दा तराई मूलको जस्तो देखीने एक पुरुष घोप्टो परी मृत अवस्थामा फेला परेका हुन् । 

OM Sai Pathibhara Hospital

घटनाको  जानकारी प्राप्त इलाका प्रहरी कार्यालय बुधबारे र इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरी टोलीले कानुनी प्रकृया गरि शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको  इलाका प्रहरी कार्यालय बुधबारेका प्रमुख भट्टराईले जानकारी दिए । मृत फेला परेका पुरुषको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।