काठमाडौँ / नेपाली बजारमा आज पनि सुनको भाउ ४ सय रुपैयाँले बढेको छ । सोमबार १ लाख १२ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख १३ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यस्तै, तेजाबी सुनको मूल्य तोलामा १ लाख १२ हजार ४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ। सोमबार १ हजार ४ सय  ५० रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको  छ।