बिर्तामोड  / साइकल यात्रीलाई कुटपिट गर्ने विराटनगरका एक युवक १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन् ।विराटनगर महानगरपालिका- ४ दूध फारम चोकमा साइकल यात्रीमाथि कुटपिट गर्ने विराटनगर- ४ का आयुष भेटवाललाई न्यायाधीश दुर्गाप्रसाद ढुङ्गेलको इजलासले  एक लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको हो ।

आइतबार उनी विरुद्ध ज्यान मार्ने उद्योगको मुद्दा दर्ता भएको  थियो । सोमबार थुनछेक बहसपछि १ लाख धरौटीमा छाड्ने आदेश भएको जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए  ।

OM Sai Pathibhara Hospital

अदालतको आदेशपछि धरौटी बुझाएर भेटवाल छुटेका छन् । मुद्दामा प्रतिवादी बनाइएका १७ वर्षका किशोरलाई पक्राउ गर्नका लागि अदालतबाट ३५ दिने म्याद जारी गरेको छ । साइकलमा घर फर्किरहेका बेला विराटनगर- ६ का २७ वर्षीय पवनकुमार साह हलुवाई माथि भेटुवालले गत असार २० गते राति ८ बजे दूध फारम चोकमा मुक्का प्रहार गरेका थिए । उनको कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।