काठमाडौँ / गृह मन्त्रालयको प्रवक्ताको जिम्मेबारी नारायण प्रसाद भट्टराईलाई दिएको छ । यसअघिका गृह प्रवक्ता सहसचिव जितेन्द्र बस्नेत काठमाडौँको प्रमुख जिल्ला अधिकारीमा सरुवा भएका छन् ।

यातायात व्यवस्था विभागको महानिर्देशकबाट गृह मन्त्रालयमा सरुवा भएका भट्टराईलाई शान्ति सुरक्षा तथा समन्वय महाशाखाको प्रमुखको जिम्मेवारी दिइएको छ । भट्टराईलाई प्रवक्ताको समेत जिम्मेवारी दिइएको गृह मन्त्रालयले जनाएको छ । प्रवक्ता भट्टराईले यसअघि अध्यागमन विभागको महानिर्देशक भएर पनि काम गरेका थिए ।