बिर्तामोड / झापाको मेचीनगर नगरपालिका- ६ स्थितबाट प्रहरीले भन्सार छली गरी नेपाल भित्राउँदै गरेको अवैध सामग्री बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा ना ६ख ४९०२ नम्बरको ट्रकलाई रोकी चेक जाँच गर्ने क्रममा TELEPHONE नाम लेखिएको भाडा माझ्ने साबुन २५ काटुन,  COCO ZEAL नाम लेखिएको हुक्काको कोईला ६० काटुन, Afzal Authentic Flavored Molasses नाम लेखिएको हुक्काको फ्लेवर ८० काटुन र काँचको झ्यालीर झ्याम्टा २ हजार ४ सय ६५ किलोग्राम सहित अवैध सामग्री बरामद गरेको हो ।

ट्रक सहित बरामद भएको करिव १ करोड २६ लाख २७ हजार ५ सय मूल्य बराबरको अवैध भन्सार छलीका सामग्रीहरूलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यलय इटहरी सुनसरी बुझाईएको छ भने अवैध सामग्री ओसार पसारमा संलग्न रहेका ट्रकका चालक तत्काल फरार रहेकोले खोजतलास तथा अन्य अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।