बिर्तामोड / झापाको मेचीनगर नगरपालिका–१३ कालीझोडामा पिकअपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा  स्कुटर चालक बुद्धशान्ति गाउँपालिका–३ का २४ वर्षीय योगेश श्रेष्ठ रहेका छन् । 

शनिबार बिहान प्रदेश १–०१–००१ च ७१८४ नम्बरको पिकअपले मे ५ प २१८० नम्बरको स्कुटरलाई ठक्कर दिँदा उनको मृत्यु भएको छ ।

OM Sai Pathibhara Hospital

पिकअपको ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । पिकअप चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।