काठमाडौँ / चित्लाङदेखि काठमाडौंका लागि छुटेको  बा १० च ३५४६ नम्बरको सुजुकी भ्यान चन्द्रागिरिमा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।  चन्द्रागिरि नगरपालिका -४ चुनदेवीनजिकैको कच्ची सडकमा भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थानकोट प्रहरी वृत्तका डीएसपी नारायण अधिकारीले जानकारी दिए ।

मृतकहरूको पहिचानको भइनसकेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका तीन जनाको उद्धार गरिएको जानकारी उनले दिए । गाडीमा चालकसहित ५ जना सवार थिए । थानकोटबाट डीएसपी अधिकारीसहितको टोली घटनास्थलमा पुगेर घटनाबारे थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।