काठमाडौं / आफ्नै घरमा घरायसी कामदारका रूपमा कार्यरत २२ वर्षीया युवतीलाई जबरजस्ती करणीको प्रयास गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा वरिष्ठ इन्जिनियर हरिकुमार पोखरेल रहेको प्रहरीले जनाएको छ । 

त्रिपुरेश्वरबाट पक्राउ परेका पोखरेलविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको जिल्ला प्रहरी परिसर काठमाडौंका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले जानकारी दिए । इन्जिनियर पोखरेल सडक विभागअन्तर्गत मध्यपहाडी (पुष्पलाल) राजमार्गका आयोजना निर्देशक हुन् ।

OM Sai Pathibhara Hospital

पीडित युवतीले केही समय अगि सामाजिक सञ्जालमा आफूमाथि भएको बलात्कार प्रयासको एक मिनेटको भिडियो नै सार्वजनिक गरेकी छन् । साउन ५ गते जिल्ला प्रहरी परिसर काठमाडौंमा पीडितले जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।