झापा  / सप्तरीमा एक युवक मृत फेला परेका छन् । आज बिहान युवकको शव भेटिएको हो । हनुमाननगर कंकालिनी नगरपालिका–१० इनर्वाका  २२ वर्षीय तीर्थनारायण मण्डलको शव भेटिएको हो ।

प्रहरीका अनुसार तिलाठी कोइलाडी गाउँपालिका- ७ मनसापुरस्थित भित्री सडक किनाराको नहरमा मण्डल मृत फेला परेका हुन् । शवको प्रकृति हेर्दा उनीमाथि धारिलो हतियार प्रहार गरी हत्या भएको देखिएको सप्तरीका प्रहरी प्रवक्ता डीएसपी नरेशकुमार सिंहले जानकारी दिए ।

OM Sai Pathibhara Hospital

‘उनको अनुहार र शरीरमा रगत देखिएको छ । घटनाको प्रकृति हेर्दा हत्या नै भएको देखिन्छ,’ सिंहले भने । तिरिकनारायणका साथी हनुमाननगर कंकालिनी- ११ का अजय मण्डल गम्भीर घाइते अवस्थामा भेटिएका छन् । उनलाई उपचारका लागि छिन्नमस्ता अस्पताल लगिएको डीएसपी सिंहले जानकारी दिए ।

घटनाबारे प्रदेश प्रहरी कार्यालयबाट तालिमप्राप्त कुकुरसहितको टोलीले  अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।