झापा / अमेजनले वेबसाइटको र्‍याङ्किङ हेर्न मिल्ने साइट एलेक्सा डटकम बन्द गर्ने भएको छ । 

२५ वर्ष देखि उपलब्ध यो विश्लेषक टुललाई अमेजनले बुधबार बन्द गर्ने  घोषणा गरेको हो । एलेक्सा डटकम अमेजनको सहायक कम्पनी हो ।

OM Sai Pathibhara Hospital

यसले वेब ट्राफिक डेटालाई प्रयोग गरेर चर्चित इन्टरनेट कम्पनीहरूको सूचीकरण गर्ने गर्दछ ।

यसले एसईओकम्पीटिटर एनालाइसिस टूल पनि प्रदान गर्ने गर्दछ । एलेक्सा डटकम सन् २०२२ को मेमा बन्द हुनेछ ।

अमेजनले एलेक्साको नयाँ सब्सिक्रिप्सन बन्द गरिसकेको छ । तर पहिले सब्सिक्रिप्सन लिएकाहरूले भने अमेजन डेटा र एसईओ टूल प्रयोग गर्न सक्नेछन् ।