मोरङ / विराटनगरबाट प्रहरीले बैंकिङ कसुर मुद्दाको फरार प्रतिवादी एक जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सुनसरीको धरान उपमहानगरपालिका –३ का २८ वर्षीय केमन खड्की रहेका छन् ।
गत बैशाख १६ गते जिल्ला अदालत मोरङले बैंकिङ कसुर मुद्दामा खड्की विरुद्ध १ वर्ष ६ महिना कैद र ९ लाख ७४ हजार ४ सय रुपैयाँ जरिवाना सुनाएको थियो ।
अदालतको फैसलापछि फरार भएका खड्कीलाई प्रदेश १ प्रहरी कार्यलयबाट खटिएको टोलीले आज दिउँसो घरमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो ।
पक्राउ परेका खड्कीलाई आज सम्मानित जिल्ला अदालत सुनसरीमा दाखिला गरी कैद भुक्तानको लागि कारागार चलान गरिएको छ ।