काठमाडौँ / सरकारले सुदूरपश्चिमका छ वटा पहाडी जिल्लालाई बाढीपहिरो संकट क्षेत्र घोषणा गरेको छ । 

गत कात्तिक ३ गते गएको बाढीपहिरोका कारण सो क्षेत्रमा ठुलो जनधनको क्षति भएकाले सो क्षेत्रलाई सरकारले बाढीपहिरो संकट क्षेत्र घोषणा गरेको हो । 

OM Sai Pathibhara Hospital

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले नेतृत्वको टोलीले डडेल्धुरा, बझाङ, बाजुरा, दार्चुला, बैतडी र डोटीलाई संकटग्रस्त क्षेत्र घोषणा गर्न माग गरेको थियो । 

सोही माग बमोजिम गृह मन्त्रालयले विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन, २०७४ बमोजिम ती जिल्लालाई २०७८ माघ मसान्तसम्म लागू हुने गरी विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको हो ।

असोज अन्तिम सातादेखि परेको बेमौसमी वर्षाका कारण आएको बाढीपहिरोले सुदूरपश्चिमका छ जिल्लामा दजर्नौंको मृत्यु भएको थियो भने करोडौँको बालीनाली नोक्सान भएको थियो ।

सुदूरपश्चिमका नौवटा जिल्लामध्ये सबैभन्दा बढी मानवीय क्षति बझाङ तथा डोटीमा भएको थियो । बेमौसमी अविरल वर्षाका कारण सुदूरपश्चिम प्रदेशमा ३७ जनाको मृत्यु भएको थियो भने अर्बौँको धनजनको क्षति भएको थियो ।