बिर्तामोड / प्रदेश १ मा आज दुई जना महिलाको शंकास्पद मृत्यु भएको छ । गत सोमबार एकै दिन तीन महिलाको मृत्यु भएको घटना सेलाउन नपाउँदै आज (बिहिवार) थप दुई जनाको मृत्यु भएको हो ।  

आज मृत्यु हुनेमा विराटनगर महानगरपालिका –११ बसपार्कमा चिया पसल संचालन गर्दै आएकी एक महिला र गौरादहको गेउरियाकी ३९ वर्षीया संगीता टुडु रहेका छन् । उनीहरु दुवैको मृत्यु शंकास्पद भएको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ । 

OM Sai Pathibhara Hospital

विराटनगर बसपार्कमा चिया पसल सञ्चालन गर्दै आएकी महिला आज (विहीबार) मृत अवस्थामा फेला परेकी हुन् । उनको शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमा पठाएको मोरङ प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रमुख एसपी जनार्दन जिसीले जानकारी गराएका छन् । 

यो पनि – झापामा फेरी एक महिलाको हत्या