विराटनगर /  मोरङको रंगेली नगरपालिका–३ की २४ वर्षीय अनिता यादवको हत्या अभियोगमा प्रहरीले उनकै देवरलाई पक्राउ गरेको छ ।

यो पनि  - रंगेलीमा महिलाको विभत्स हत्या, अनुसन्धानका क्रममा ४ पक्राउ

OM Sai Pathibhara Hospital

प्रारम्भिक अनुशन्धानका क्रममा उनको संलग्नता देखिएपछि मृतक अनिताको १९ वर्षिय देवर विनोद यादवलाई पक्राउ गरि अनुशन्धान अघि वढाईएको मोरङ प्रहरीले जनाएको छ । घर झगडाको विषयलाई लिएर बिनोदले अनिताको सोमबार राती आठ बजे हत्या गरेको अनशन्धानका क्रममा खुलेपछि उनलाई पक्राउ गरिएको हो ।

मोरङ प्रहरी प्रमुख सन्तोष खड्काका अनुशार यस्तो छ घटना 

मङ्गलबार दिउँसो घरमा देवर भाउजूबीच सामान्य विषयलाई लिएर विवाद भएको थियो । विवादपछि बेलुका साढे सात बजे महिला घरबाट श्रीमान बेचन यादवलाई खोज्न भन्दै घरदेखि उत्तरतर्फ लागेकी थिइन् ।

उनलाई पछ्याउँदै देवर विनोद पनि पछि–पछि लागेका थिए । ‘घरदेखि उत्तर करिब ढेड किलोमिटरमा नहरको ढिलमा पुगेपछि देवर बिनोदले भाउजु अनितलाई ढकालिदिए । भाउजु नहरमा लडिन् र बिनोदले अनिताको घाँटीमा धाँरिलो हतियार दाउ प्रयोग गरि हत्या गरे ।


186558383_472058687228962_8052389468089848177_n