मोरङ / मोरङको रंगेली ३ कि २४ वर्षिया अनिता यादवको धारिलो हतियार प्रयोग गरी विभत्स तरीकाले हत्या भएको छ । धारिलो हतियार प्रहार गरी घाटी रेटेर हत्या पछि फ्याकिएको अनिताको शव घर भन्दा करिव डेढ किलोमिटर दक्षिणमा भेटिएको रंगेली प्रहरीले जानकारी गराएको छ ।   

रंगेली ३ का बेचन यादवकी श्रीमती अनिताको शव स्थानिय तिलुवा चोक नजिकको नहरमा भेटिएको मोरङका एसपी सन्तोष खड्काले जानकारी गराएका छन् । 

OM Sai Pathibhara Hospital

शव भेटिए लगत्तै प्रहरीले अनुशन्धान सुरु गरेको छ  । घटनास्थल पुगेर मोरङ प्रहरीका डिएसपी मञ्जिल मुकारूङको टोलीले अनुशन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । 

घटनास्थल अनि शवको प्रकृति हेर्दा धारिलो हतियार प्रयोग गरी घाटी रेटेर हत्या गरेको देखिने एसपी खड्काले बताएका छन् । उनले अनुसन्धानका लागि अनिताका श्रीमान बेचन , देवर विनोद यादव र सासु – ससुरालाई नियन्त्रणमा लिएर अनुशन्धान थालिएको जानकारी गराएका छन् ।