बिर्तामोड / बङ्गलादेश सरकारले कोरोनाको नयाँ प्रजाति खतरनाक रहेको र आफ्नो देशमा खतरनाक प्रजातिबाट पहिलो मृत्यु भएको जनाएको छ ।  नयाँ प्रजातिको९इन्डियन भेरिएन्ट० बाट संक्रमित बिरामीमध्ये पहिलो व्यक्तिको सोमबार मृत्यु भएको जानकारी गराएको छ । 

यो पनि -नेपालमा कोरोनाका थप दुई नयाँ प्रजाति देखियो

OM Sai Pathibhara Hospital

सरकारको सङ्क्रमक रोग नियन्त्रण तथा अनुसन्धान कार्यालयले मङ्गलबार प्रकाशित गरेको तथ्याङ्क अनुसार मृतक सङ्क्रमित व्यक्ति भारतबाट स्वदेश फर्केका थिए । बङ्गलादेशमा अहिलेसम्म छ व्यक्तिमा नयाँ प्रजातिको कारोना संक्रमणको पुष्टि भएको  बंलादेशका संचारमाध्यमहरुले जनाएका छन् । 

बङ्गलादेशले अप्रिल २६ देखि बन्दरगाह हुँदै भारतबाट फर्किने यात्रुहरूको प्रवेशमा रोक लगाएपछि यस महिनाको शुरुमा अत्यधिक सङ्क्रामक कोरोना भाइरसका दुई प्रजाति पत्ता लागेका थिए ।

भारतमा कोभिड–१९ सङ्क्रमणको उच्च वृद्धि भएपछि अप्रिल १४ देखि दुई देश बीचको यात्रुबहाक उडानलाई पनि स्थगित गरिएको छ ।

बङ्गलादेशमा सोमबार कोरोनाभाइरस महामारीबाट मृत्यु हुनेको सङ्ख्या ३२ रहेको थियो भने कोभिड–१९ का कारण सङ्क्रमण पुष्टि भएका व्यक्तिको सङ्ख्या ६९८ रहेको थियो । यससँगै अहिलेसम्म बङ्गलादेशमा कोभिड–१९ पुष्टि भएको सङ्ख्या सात लाख ८० हजार ८५९ पुगेको छ भने १२ हजार १८१ जनाको मृत्यु भएको छ ।