बिर्तामोड / कोरोना भाईरसको दास्रो लहरका क्रममा थप दुई नयाँ प्रजातिका कोरोना नेपालमा देखिएको छ । देशभरबाट संकलन गरिएका ३५ वटा नमूना परीक्षणमा ९७ प्रतिशतमा नयाँ नयाँ प्रजातिको कोरोना भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ । 

भारतमा भेटिएका खतरनाक प्रकृतिका डबल र ट्रिपल म्युटेन्ट कोरोना भाइरस नेपालमा पनि फेला परेको मन्त्रालयले पुष्टिी गरेको छ। भारतमा यी नामले चिनिएका यी भाइरसलाई भेरियन्ट B.1.617.2 र B.1.617.1 नामाकरण गरिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलले जानकारी गराएका छन् । 

OM Sai Pathibhara Hospital

थप भेटिएका दुई नयाँसहित नेपालमा तीन किसिमका नयाँ भेरियन्ट पुष्टि भएको उनले बताए। ३५ वटा नमूनामा ९७ प्रतिशतमाB.1.617.2 र तीन प्रतिशतमा B.1.617.1 भेरियन्ट पुष्टि भएको छ, उनले भने।

स्वास्थ्य मन्त्रालयका अनुसार नयाँ भेरियन्टलाई विश्व स्वास्थ्य संगठनले मे १० मा विश्वव्यापी भेरियन्ट अफ कन्सर्न भनि घोषणा गरेको थियो। हाल पत्ता लागेका कोरोनका नयाँ प्रजाति सबै उमेर समूहमा धेरै संक्रामक र खतरनाक भएको अध्ययनले देखाएको छ।