बिर्तामोड / कोरोनाको महामारीका कारण मानविय क्षति भईरहेका बेला नागरिकको आलोचना थेग्न नसकिरहेको सरकारले झुटो प्रचार गर्न थालेको छ । 

नयाँ सरकार बने लगत्तै एक दिन अघि वरिष्ठ पत्रकार कनकमणि दिक्षीतसँग कुराकानीका क्रममा झुट बोलेका परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीको कुरा सेलाउन नपाउँदै उप–प्रधानमन्त्री एवं सिसिएमसीका प्रमुख ईश्वर पोख्रेलको सचिवालले फेरि नागरीक अल्मल्याउन अर्को झुटो प्रचार गरिरहेको छ ।

OM Sai Pathibhara Hospital

मन्त्री पोख्रेलका सल्लाहकार गणेश पाण्डेले चिनबाट नेपाल सरकारले ल्याएको १८ हजार सिलिण्डर तातोपानी नाकामा आईपुगेको भन्दै फेसबुक प्रयोग गरी प्रचार गरीरहेका छन् । चीनबाट स्थलमार्ग हुँदै ल्याइएको १८ हजार अक्सिजन सिलिन्डरका विषयमा सरकारी दावी सुरु भएपछि व्यवसायीले त्यसको विरोध गरेका छन् । 

सरकारी अधिकारीले अक्सिजन सिलिण्डर चीन सरकारले अनुदानमा दिएको भनेर प्रचार गर्न सुरु गरेपछि व्यवसायीले सिलिण्डर आफूहरुले ल्याएको  दावी गरेका हुन् ।

 

सिल्क ट्रान्सपोर्टका अध्यक्ष तथा व्यवसायी रमेश शेर्पाले खासा आईपुगेको सिलिण्डर व्यवसायीले किनेर ल्याएको जानकारी गराउँदै व्यवसायीका सामान अनुदानमा आएको भनेर सरकारी अधिकारीबाट भईरहेको झुटो प्रचारबाजी प्रति आपत्ति प्रकट गरेका छन् । 

उनले व्यवसायीले आयात गरेका सिलिन्डरका विषयमा शनिबार उपप्रधानमन्त्री पोखरेलसँग आफ्नो कुराकानी भएको र त्यसैलाई लिएर सल्लाहकार पाण्डेले चीन सरकारले अनुदानमा दिएको सिलिण्डर तातोपानी आइपुग्यो भनेर गलत प्रचारबाजी गरीरहेको शेर्पाले दावी समेत गरेका छन् । 

तातोपानी भन्सार कार्यालयका अधिकारीले पनि खासा आइपुगेको अक्सिजन सिलिण्डर चीन सरकारले अनुदानमा नेपाल सरकारलाई  दिएको नभइ व्यवसायीले किनेर ल्याएको भन्सारलाई प्राप्त कागजातबाट खुलेको बताएका छन् । 

अक्सिजनका सिलिण्डर बोकेका १२ वटा कन्टेनर तातोपानी आइपुगेपछि नेपालमा अक्सिजन सिलिण्डरको अभाव कम हुने अनुमान गरिएको छ । काठमाडौंलगायत देशैभरका अस्पतालमा अक्सिजन अभावका कारण धेरैले ज्यान गुमाउन थालेपछि नेपाली व्यवसायीले अक्सिजन सिलिण्डरको संकट टार्न सिलिण्डर आयात गर्न सुरु गरेका हुन् । 

हिंजो मात्रै वरिष्ठ पत्रकार कनकमणि दिक्षीतसँगको कुराकानीका क्रममा मन्त्री ज्ञवालीले गैरआवासिय नेपालीले ओमन र चिन लगायतका मुलुकबाट सहयोग जुटाएर नेपाल सरकारलाई दिएका अक्सिजन सिलीण्डरका विषयमा झुटो कुरा बोलेका थिए । मन्त्री ज्ञवालीले अन्र्तवार्तामा क्रममा सरकारले ओमन र चिन लगायतका मुलुकबाट अक्सिजन सिलिण्डर ल्याउने तयारी गरेको बताएका थिए ।

अक्सिजन नपाएर नेपाली मर्न थालेपछि नेपालीलाई बचाउन गैरआवासिय नेपालीले आर्थिक संकलन गरी ओमानबाट पठाउन लागेको अक्सिजन सिलिण्डरको विषयमा पनि प्रवासी नेपालीको मन दुख्ने गरी उनले भनेका थिए –सिलिन्डरहरुको आवश्यकतालाई ध्यानमा राखेर हामीले चीनबाट, ओमानबाट र अरु विभिन्न ठाउँबाट अक्सिजन सिलिण्डरहरु पनि मगाइरहेका छौं । र, अरु देशहरुले पनि अक्सिजन सिलिन्डरको सहायता गरिरहनुभएको छ ।

उनले अन्तरवार्ताका क्रममा संक्रमित मध्ये २० प्रतिशतलाई अक्सिजन आवस्यक हुने कुरा स्विकारेका छन् । उनकै भनाई लाई आधार मान्ने हो भने सक्रिय संक्रमितको २० प्रतिशत संख्या २० हजार भन्दा माथि हुन जान्छ । २० हजार लाई दैनिक एउटा सिलिण्डर आवस्यक पर्न जाँदा पनि नेपालको माग दैनिक २० हजार सिलिण्डर हुन्छ । 

मन्त्री ज्ञवालीले गैरआवासीय नेपाली संघ चिनले दिएको १०० सिलिण्डर र चिनिया सरकारले दिएको ४०० सिलिण्डरको विषयमा सरकारले मगाएको भनेर अभिव्यक्ति दिएपछि नागरिक स्तरबाट सो कुराको विरोध भईरहेको छ । स्मरण रहोस् प्रवासमा काम गरिरहेका नेपाली नागरिकले खरिद गरी सरकारलाई दिएका अक्सिजन र दिन तयार पारिएका अक्सिजन सहितका सामाग्रीको विषयलाई संघको अनि संघका अध्यक्ष कुमार पन्तको फेसबुक पेजमा राखिएको छ । 

अक्सिजन अभावका विषयमा मन्त्री ज्ञवालीले जनतालाई झुक्याउने गरी तथ्याङ्क समेत प्रस्तुत गरेका थिए । उनले लिक्वीड सिलिण्डर ओसार–पसार र आयातका लागि थप एउटा ट्याङकर व्यवस्था भए मुलुकभर अक्सिजन अभाव नहुने दावी गरेका छन् । स्मरण रहोस् एउटा ट्यांकरमा भएको लिक्वीड ले १५०० सिलिण्डर मात्रै भर्न मिल्छ । 

नेपालमा संचालित उद्योग र अस्पतालहरुको उत्पादन दैनिक करिव १० हजार सिलिण्डर भएपनि माग अहिले दैनिक १५००० सिलिण्डर भन्दा बेसी रहेको छ । मन्त्री ज्ञवालीले भनेको कुरालाई मान्ने हो भने दैनिक १५०० सिलिण्डर थप हुँदा पनि नेपालको उत्पादन क्षमता करिव १२००० सिलिण्डर मात्रै हुन जान्छ । 

उनले खोप लगाउने मुलुकमा दक्षिण एसियामा नेपाल दोस्रो मुलुक भएको भन्दै फेरि पनि जनता झुक्याउने गरी झुटो प्रचार गर्ने कोसिस समेत गरेका थिए । स्मरण रहोस् भारतमा १६ जनवरी अनि नेपाल र बंगलादेशमा एकै दिन अर्थात जनवरी २७, २०२१ मा खोप लगाउन सुरु भएको थियो । जनसंख्याको अनुपातमा खोप दिने मुलुकमा भुटान पहिलो हो भने दोस्रो बंगलादेश अनि तेस्रोमा नेपाल र पाकिस्तान भएको तथ्याङ्कहरुले पुष्टि गरेका छन् ।   

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि यसअघि संसदको बैठकलाई सम्वोधन गर्दै यसो भनेर जनता झुक्याएका थिए – ‘अप्ठ्याराकै बीचमा हामीले कोभिड–१९ विरुद्ध सबैलाई निःशुल्क खोप उपलब्ध गराउने प्रक्रिया शुरु गरिसकेका छौं । आफ्ना देशवासीलाई कोरोना बिरुद्ध खोप लगाउनेमा हामी दक्षिण एशियामै भारतपछि पहिलो मुलुक हौं ।