प्रदेश नं १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले नेपालीको उल्लासपूर्ण चाड होली पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुहुने सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य, दीर्घायू एवं उत्तरोत्तर प्रगति र उत्रतिका लागि शुभकामना व्यक्त गरेका छन् ।
उनिबाट आज जारी गरिएको शुभकामना सन्देशमा शान्ति र सद्भाव फैलाउने उमङ्गको रङ्गिलो होली पर्व हरेक वर्ष फागु शुक्लपूर्णिमाका दिन मनाइने यस अवसरमा आफन्तसँगको भेटघाट, सांस्कृतिक मनोरञ्जन, सामूहिक हर्षबढाइँका साथ होली पर्वको शुभकामना आदानप्रदान गर्दै आपसी सद्भाव र सामाजिक सहिष्णुता बढाउने महत्वका साथ हेरिने उल्लेख गरेका छन् ।
प्रदेश प्रमुख अधिकारीले वर्तमान अवस्थामा विश्व कोभिड –१९ को महामारीबाटमुक्त भइसकेको अवस्था छैन । उनले पुनः जोखिम बढ्न थालेकाले स्वास्थ्यसम्बन्धी मापदण्ड अपनाइ अत्यन्तै सावधानीपूर्वक भौतिक तथा सामाजिक दूरी कायम गर्दै होली पर्वलाई घर–परिवारमा मात्र मनाउनु आग्रह गरेका छन्।
उनले होली पर्वको लोकप्रियतालाई बचाइ राख्न कसैलाई पनि ईच्छा विपरीत रङ् नलगाउनु, कसैलाई पनि दुव्र्यवहार नगर्नु हुन र अवाञ्छित क्रियाकलाप नगर्न, नगराउनु हुन अनुरोध गरेका छन् ।