विदेश

    Showing 871-880 of 1,581 items.
  • उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र प्रहार

    एजेन्सी / उत्तर कोरियाले शनिबार आफ्नो पूर्वी तटको सागरमा एउटा अज्ञात क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाली सेनाको संयुक्त चिफ अफ स्टाफले जनाएको छ । तीन दिनअघि पनि प्योङयाङले पूर्वी तटमा क्षेप्यास्त्र प्रहार गरेको थियो । उत्तर कोरियाले आफ्ना आणविक गतविधिलाई तीब्र पार्ने चेतावनी दिँदै आएको छ । सियोलका संयुक्त चिफ अफ स्टाफले भने , –‘उत्तर कोरियाले पूर्वीसागरमा कम्तीमा एउटा क्षेप्यास्त्र प्रहार गरेको छ ।’ जापानको तटीय गार्डले उत्तर कोरियाले प्रहार गरेको हतियार व्यालिस्टिक मिसाइल हुन सक्ने भन्दै आफ्ना जहाजलाई सचेत हुन चेतावनी दिएको छ । यो प्रक्षेपण सम्भवतः आणविक हतियार सम्पन्न देशको

    • प्रकाशित मितिः वैशाख २४, २०७९
    • 125 पटक पढिएको
  • जी सेभेनका नेताहरू युक्रेनका राष्ट्रपतिसँग छलफल गर्दै

    एजेन्सी / जी सेभेनका सात मुलुकका नेताहरूले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग छलफल गर्ने भएका छन् । अर्थतन्त्रमा मजबुत मानिएका ती देशका नेताहरूले युक्रेनलाई गर्न सकिने सहयोगका बारेमा जेलेन्स्कीसँग छलफल गर्ने भएका हुन् ।जर्मन सरकारका एक जना प्रवक्ताले आगामी आइतबार उनीहरूबीच छलफल हुने जानकारी दिएका छन ।यस वर्ष मात्रै अहिले तेस्रो पटक हुन लागेको बैठकको जी ७ को अध्यक्ष समेत रहेको जर्मनीले नै संयोजन गरेको छ । दोस्रो विश्व युद्ध अन्त्य भएको ऐतिहासिक दिनका रूपमा लिइने मे ८ कै दिन यस पटकको बैठक हुन लागेको जनाइएको छ । बैठकमा विश्वव्यापी समसामयिक विविध विषयमा सामान्य छलफल ग

    • प्रकाशित मितिः वैशाख २४, २०७९
    • 165 पटक पढिएको
  • चीनमा भवन भत्किँदा २ जनाको मृत्यु, ३२ बेपत्ता

    एजेन्सी / चीनमा पछिल्लो समय भवन भत्कने क्रम बढेको छ । फेरि एउटा भवन भत्किँदा २ जनाको मृत्यु भएको छ भने ३२ जना बेपत्ता भएका छन । भग्नावशेषमा फसेका १४ जनाको भने उद्धार कार्य जारी रहेको छ । कमसल निर्माण सामाग्री प्रयोग गरेर निर्माण गरिएको भन्दै भवन निर्माणमा संलग्न ११ जनालाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ । यसअघि पनि एक भवन भत्किँदा भग्नावशेषमा फसेका २३ जनाको उद्धार गरिएको थियो ।

    • प्रकाशित मितिः वैशाख २१, २०७९
    • 124 पटक पढिएको
  • पश्चिम युक्रेनमा सवारी दुर्घटना : १७ जनाको मृत्यु

    एजेन्सी  / पश्चिम युक्रेनमा भएको सवारी दुर्घटनामा कम्तीमा १७ जनाको मृत्यु भएको छ । एउटा बस, कार र  इन्धन बोकेको ट्रकसँग ठोकिदा अन्य केही घाइते भएका छन् । आफ्नो दैनिक सम्बोधनमा राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पश्चिम रिभ्निी क्षेत्रमा डरलाग्दो सडक दुर्घटना भएको बताए । ‘बस, कार र इन्धन बोकेको ट्रक ठोकिएका छन् । अहिलेसम्म १७ जनाको मृत्यु भइसकेको र मृतकको संख्या अझै बढी हुन सक्ने बताइको छ ।  

    • प्रकाशित मितिः वैशाख २१, २०७९
    • 119 पटक पढिएको
  • युट्युबले ल्यायो ’सुपर थ्याङ्क’को नयाँ फिचर

    काठमाडौं / सामाजिक सञ्जाल प्रति मानिसको लगाव र रुचि बढिरहेको समयमा सबैको सर्वप्रिय सामाजिक  सञ्जाल युट्युबले पैसा कमाउने सरल र सहज बाटो सहित नयाँ फिचर ल्याएको छ । गत वर्ष युट्युबको नयाँ फिचरको रुपमा सार्वजनिक भएको फिचरको पूर्ण भर्सन ल्याएपछि क्रिएटरहरुले आफ्ना प्रशंसाहरूबाट सिधै पैसा कमाउन सक्ने भएका हुन् ।केही सीमित प्रयोगकर्ताहरूले मात्र प्रयोग गरिरहेको ‘सुपर थ्याङ्क’ फिचरको फूल भर्सन अन्ततः कम्पनीले ६८ ओटा देशहरूको लागि सार्वजनिक गरेको छ ।सुपर थ्याङ्क फिचर मार्फत प्रशंसक अर्थात फ्यानहरूले आफूलाई मनपर्ने युट्युब क्रियटरलाई सिधै दुई डलर देखि ५० डलर सम्मको रकम पठाउन सक्ने व

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • 109 पटक पढिएको
  • भारतमा ४० यात्रु घाइते सवार विमान आँधीमा फस्यो

    एजेन्सी / भारतको मुम्बईबाट पश्चिम बङ्गालको दुर्गापुरतर्फ जाँदै गरेको स्पाइसजेट बोइङ बी ७३७ विमान आँधीमा फस्दा ठुलो दुर्घटना हुनबाट जोगिएको छ । ठूलो आँधीबीच पाइलटले विमानलाई सुरक्षित अवतरण गराएका थिए । घटनापछि विमानमा सवार करिब ४० यात्रु घाइते भएका उनीहरूलाई उपचारका लागी तत्कालै अस्पताल पुर्‍याइएको थियो । आइतबार दिउँसो विमान दुर्गापुरस्थित काजी नजरुल इस्लाम एयरपोर्टमा ल्यान्ड गर्न लागेको बेला आएको जहाज तुफानमा फसेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । त्यसपछि जहाज जोडसँग हल्लिएर र क्याबिनमा राखेका समानहरू झर्न थालेका थिए ।  पाइलटले सिट बेल्टको साइन अन गरेका थिए । यो सँगै फुड ट्रलीसँग ठ

    • प्रकाशित मितिः वैशाख १९, २०७९
    • 153 पटक पढिएको
  • रुसी सेनाको आक्रमणबाट युक्रेनको ओडेसा विमानस्थलको रनवे क्षतिग्रस्त

    एजेन्सी / रुस र युक्रेनको जारी युद्धका क्रममा रुसी सेनाको मिसाइल आक्रमणबाट युक्रेनको दक्षिण पूर्वी शहर ओडेसाको विमानस्थलको धावनमार्ग  (रनवे) पूर्ण रुपमा क्षतिग्रस्त भएको छ ।युक्रेनको मारियुपोल शहरको स्टिल कारखानामा फसेका हजारौं सर्वसाधारण मध्ये २० जना त्यस क्षेत्रबाट फुत्केका छन ।मारियुपोलको औद्योगिक क्षेत्रमा केही महिनादेखि फसेका उनीहरु युक्रेनी सेनाको सहयोगमा त्यहाँबाट भागेका हुन् । रुसको घेरामा रहेको सो क्षेत्रमा आवतजावत समेत ठप्प पार्ने निर्देशन रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले दिएका थिए । अझै पनि १ हजार सर्वसाधारण सो क्षेत्रमा फसेको र उनीहरूको उद्धार कार्य भने जारी रहेको युक्रेनले ज

    • प्रकाशित मितिः वैशाख १८, २०७९
    • 115 पटक पढिएको
  • भारतमा नयाँ प्रधान सेनापतिमा पाण्डे र विदेश सचिवमा क्वात्राले

    एजेन्सी / भारतमा मनोज पाण्डेले शनिबार भारतीय सेनाको नयाँ प्रधान सेनापतिको कार्यभार सम्हालेका छन् । पाण्डेले २९ औं प्रधान सेनापतिका रूपमा शनिबारबाट कार्यकाल सुरू गरेका हुन् । यस्तै नेपालका लागि पूर्वभारतीय राजदूत विनयमोहन क्वात्राले  पनि आइतबारदेखि भारतको विदेश सचिवको जिम्मेवारी सम्हालेका छन् । हर्षवर्द्धन श्रींगलाले अवकाश भएपछि क्वात्रा विदेश सचिव र मनोजमुकुन्द नरवणेले अप्रिल ३० मा अवकास पाएपछि पाण्डे नयाँ प्रधान सेनापति बनेका हुन् ।

    • प्रकाशित मितिः वैशाख १८, २०७९
    • 128 पटक पढिएको
  • अफगानिस्तानमा बम विस्फोट हुँदा १० जनाको मृत्यु

    एजेन्सी / अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोट भएको छ । काबुलको सुन्नी मस्जिदमा शुक्रबार बेलुका विस्फोट हुँदा १० जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् । घाइतेहरूको काबुलको विभिन्न अस्पतालमा उपचार भइरहेको समाचार संस्था एएफपीले जनाएको छ । तालिबानले सत्ता कब्जा गरेपछि केही शान्त बनेको अफगानिस्तानमा पछिल्लो समय बम विस्फोटका घटना बढ्न थालेका छन् । गएको शुक्रवार पनि विभिन्न ठाउँमा बम आक्रमण भएको थियो ।

    • प्रकाशित मितिः वैशाख १७, २०७९
    • 98 पटक पढिएको
  • भारतमा कोरोनाका कारण ६० जनाको मृत्यु

    एजेन्सी / स्वास्थ्य मन्त्रालय भारतमाको ताजा आँकडा अनुसार पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३ हजार ३७७ नयाँ संक्रमित भेटिएका छन् ।यतिबेला कोरोनाका २ हजार ४९६ बिरामी निको पनि भएका छन् र ६० बिरामीको मृत्यु भएको छ ।भारतमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या ५ लाख २३ हजार ७५३ पुगेको छ र सक्रिय संक्रमित पनि बढेर १७, ८०१ पुगेको छ ।

    • प्रकाशित मितिः वैशाख १६, २०७९
    • 106 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा