विदेश

    Showing 731-740 of 1,139 items.
  • इरानमा पनि देखियो नयाँ भेरियन्टमा ‘ओमिक्रोन

    एजेन्सी / इरानमा पनि कोरोना भाइरसको नयाँ भेरियन्टमा ओमिक्रोन संक्रमण देखिएको छ । इरानको स्वास्थ्य मन्त्रालयले ‘ओमिक्रोन’ सङ्क्रमणको पहिलो केस भेटिएको पुष्टि गरेको हो ।युएईबाट आएका एक इरानी नागरिकमा ओमिक्रोन देखिएको त्यहाँको सरकारी टेलिभिजनलाई उदृत गर्दै अलजजीरामा खबर छ । त्यहाँको स्वास्थ्य मन्त्रालयले शंकास्पद अन्य दुईजना माथि समेत निगरानी गरिरहेको छ । इरानमा ६० प्रतिशत मानिसले कोरियाविरुद्धको दुई डोज खोप लगाइसकेका छन् । खोप लगाइसकेका अधिकांश मानिस बुस्टर डोजको पर्खाइमा छन् । 

    • प्रकाशित मितिः पुस ५, २०७८
    • 52 पटक पढिएको
  • बाढीका कारण ३५ हजार बढी मानिस विस्थापित

    काठमाडौँ(एजेन्सी) मलेसियामा केही दिनदेखि निरन्तर परेको वर्षासँगै आएको बाढीका कारण ३५ हजार भन्दा बढी नागरिक प्रभावित भएका छन् । वर्षाका कारण पूर्वी तटीय प्रान्त पाहाङ सबैभन्दा बढी प्रभावित भएको सरकारी प्रकोप नियन्त्रण विभागले जनाएको छ । बाढी र पहिरोका कारण करिब सात ओटा प्रान्त बढी प्रभावित भएका बताइएको छ । राजधानी क्वालालम्पुरमा पनि बाढीको प्रकोप बढ्दो मात्रामा देखिएको छ ।मलेसियाको मौसम विभागले यहाँका कैयौँ राज्यमा अझै पनि वर्षा जारी रहने भन्दै सतर्क रहन सूचना जारी गरेको छ । नागरिकहरूलाई यसका लागि सतर्कता अपनाउन भनिएको छ ।

    • प्रकाशित मितिः पुस ५, २०७८
    • 34 पटक पढिएको
  • ३५ वर्षीय बोरिक बने चिलिको राष्ट्रपति

    काठमाडौँ(एजेन्सी)  दक्षिण अमेरिकी देश चिलीमा ३५ वर्षका वामपन्थी नेता गाब्रिएल बोरिक राष्ट्रपति बन्नेका छन् ।  उनले दक्षिणपन्थी नेता होसे एन्तोनिओ कास्तलाई पराजित गरेर ३५ वर्षकै उमेरमा राष्ट्रपति बनेका हुन्।आइतबार भएको राष्ट्रपतिको चुनावमा बोरिकले ५६ प्रतिशत मत पाए भने कास्तले ४४ प्रतिशत मत पाएका छन् । कास्टले मतदान सम्पन्न भएको डेढ घण्टामै हार मानेका थिए। उनले हार स्वीकार गर्दा आधा मतपेटिका खोल्नै बाँकी थियो। गणना भएका मतअनुसार भने बोरिकले ५६ र कास्टले ४४ प्रतिशत मत ल्याएका थिए । उम्मेदवारहरू दुवैले फरक फरक धारणासहित चुनावी मैदानमा आफूलाई प्रस्तुत गरेका थिए ।राष्ट्रपतिमा नि

    • प्रकाशित मितिः पुस ५, २०७८
    • 69 पटक पढिएको
  • म्यानमारमा जुलाईमा मात्र ४० सर्वसाधारणको हत्या

    एजेन्सी / म्यानमारमा  सेनाले शृङ्खलाबद्ध ढङ्गले सर्वसाधारणको हत्या गरेको विवरण सार्वजनिक भएका छ । जुलाईमा मात्र कम्तीमा ४० सर्वसाधारणको हत्या भएको जनाइएको छ । सेनाले गाउँलेहरूलाई नियन्त्रणमा लिएर हत्या गरेको साक्षीले बताएका छन् । सेनाले हत्या गरेको विषयमा सार्वजनिक भएको एउटा भिडियो फुटेजमा सेनाले सर्वसाधारणलाई चरम यातना दिएर हत्या गरेको जनाइएको छ । हत्यापछि उनीहरूलाई एउटा खाडलमा सामूहिक रूपमा पुरिएको थियो । विपक्षीहरूको पकड रहको मध्य म्यानमारको सागिङ जिल्लाका विभिन्न चार स्थानमा सेनाले सामूहिक हत्या गरेको हो । यिन गाउँमा सेनाले १४ जनालाई कुटेर हत्या गरेको जनाइएको छ । सेनाले चरम

    • प्रकाशित मितिः पुस ५, २०७८
    • 80 पटक पढिएको
  • आँधीमा परी ८० भन्दा बढीको मृत्यु

    झापा(एजेन्सी) फिलिपिन्समा आँधीका कारण ८० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । राई आँधीले बिहीबार प्रतिघण्टा १९५ किलोमिटर (१२० माइल) गतिको हावाको गतिमा आएको सुपर टाइफुनको रूपमा देशमा प्रहार गरेको थियो । राईले द्वीपसमूहको दक्षिणी र मध्य क्षेत्रहरूलाई तहसनहस बनाएपछि तीन लाख भन्दा बढी मानिसहरू आफ्नो घर र समुद्र तटको रिसोर्टहरू छोडेर भागेका थिए।आँधीले धेरै क्षेत्रमा सञ्चार र बिजुली अवरुद्ध पारेको छ । छाना उढाएको छ।  बिजुलीका पोलहरू ढलेका छन् र गाउँहरू बाढीमा परेका छन्।सबैभन्दा बढी प्रभावित क्षेत्रमा खोजी र उद्धार कार्यमा सहयोग गर्न हजारौं सेना, प्रहरी, तटरक्षक र दमकल खटिएका छन्।कोस्ट

    • प्रकाशित मितिः पुस ४, २०७८
    • 59 पटक पढिएको
  • इराकको ग्रीन जोनमा रकेट आक्रमण

    झापा(एजेन्सी) इराकको मध्य बगदादमा रहेको अमेरिकी दूतावास ग्रिन जोनमा विद्रोहीको समुहले रकेट आक्रमण गरेका छन् । ग्रिन जोनमा आइतबार बिहान दुईवटा कात्युशा रकेट प्रहार गरिएको इराकी समाचार एजेन्सी (आईएनए) ले जनाएको छ।आईएनएका अनुसार एउटा रकेट अमेरिकी दूतावास साइटको सुरक्षा गर्ने सि–आरएएम प्रतिरक्षा प्रणालीद्वारा हावामा नष्ट भएको  र अर्को क्षेत्रको भव्य समारोह स्क्वायर नजिकै अवतरण भएको थियो । उक्त घटनाबाट भएको क्षतिको विवरण भने आएको छैन । सुरक्षा बलले घटनाको अनुसन्धान थालेको छ। केही मुख्य इराकी सरकारी कार्यालयहरू र अमेरिकी दूतावास रहेको ग्रीन जोनलाई बारम्बार विद्रोहीहरूले मोर्टार र रकेट

    • प्रकाशित मितिः पुस ४, २०७८
    • 63 पटक पढिएको
  • फिलिपिन्समा आँधीमा परी २३ को मृत्यु, एक करोड ३० लाख मानिस प्रभावित

    फिलिपिन्स(एजेन्सी) फिलिपिन्समा आँधीमा परी कम्तीमा २३ जनाको मृत्यु भएको छ ।अधिकारीहरूले शनिबार दिएको जानकारीअनुसार आधिका कारण एक करोड ३० लाख मानिस प्रभावित भएका छन् ।फिलिपिन्समा भीषण रुपमा आएको बतास र मुसलधारे वर्षाको साथै, सुपर टाइफुन ‘राई’ का कारण बिहीबार हजारौं मानिसहरू आफ्नो घर र समुद्र तटीय रिसोर्टहरू छोडेर भागेका थिए ।दक्षिण फिलिपिन्स हुँदै मडारिएको शक्तिशाली समुद्री आँधीले लोकप्रिय पर्यटकीय क्षेत्र तहसनहस बनाएको अधिकारीहरूले बताएका छन ।मानिसहरू बिदा मनाउन पुग्ने सिरगाओ टापुमा १९५ किलोमिटर प्रतिघण्टाको हुरीसहित बिहीवार आएको राई समुद्री आँधीले भारी वर्षा गराएको थियो ।तीव्र गतिको आँधीले बाट

    • प्रकाशित मितिः पुस ३, २०७८
    • 59 पटक पढिएको
  • बाढीले बगाउँदा इराकमा दुई नेपालीको मृत्यु

    काठमाडौँ / इराकको स्वशासित राज्य कुर्दिस्तानमा शुक्रबार बढीले बगाउँदा दुई नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा दोलखाका पाल्देन शेर्पा र मोरङका औराज राई रहेको कुर्दिस्तान नेपाली समाजले जनाएको छ । उनीहरू चडेको सवारीसाधनलाई कुर्दिस्तानको अर्विलमा बाढीले बगाउँदा शेर्पा र राईको ज्यान गएको हो । अविरल वर्षापछि इराकमा आएको बाढीले अर्विललगायतका क्षेत्रहरूमा ठूलो क्षति पुगेको छ ।शेर्पा एक हप्ता र राई एक महिना अगाडि मात्रै इराक पुगेका थिए । उनीहरु कार्यरत कम्पनीमा सहकर्मीहरूले नेपालमा शव पठाउनुपर्ने र उचित क्षतिपूर्ति दिनुपर्ने माग राख्दै शुक्रबार काम रोकेका थिए ।कम्पनीले शवको व्यवस्थापन र उचित क्

    • प्रकाशित मितिः पुस ३, २०७८
    • 64 पटक पढिएको
  • न्युजिल्याण्डमा २००८ पछि जन्मिनेले आजीवन चुरोट किन्न नपाउने

    एजेन्सी / न्युजिल्याण्डले बिस्तारै आफ्नो मुलुकमा सुर्तीजन्य पदार्थ न्यूनीकरण गर्ने कार्यनीति  अपनाएको  छ । तम्बाकूजन्य पदार्थसम्बन्धी कानून नै बनाएर त्यसको न्यूनीकरणमा जोड दिएको छ ।न्युजिल्याण्डमा अब २००८ पछि जन्मिएका कसैले पनि आजीवन चुरोट या तम्बाकूजन्य उत्पादन खरिद गर्न नपाउने कानून बनेको छ । यो कानुन अर्को वर्षदेखि नै कार्यान्वयन हुने बताइएको छ ।अर्को पीँढीदेखि सुरु गरेर न्युजिल्यान्डले बिस्तारै देशमा धूम्रपान पूर्ण रुपमा निर्मूल पार्ने लक्ष्य राखेको छ ।स्वास्थ्य मन्त्री डाक्टर आयेशा भेरलले भनिन्, “हामी अबका युवाहरूले कहिल्यै पनि चुरोट पिउन सुरु नगरून् भन्ने सुनिश्चित गर्न चा

    • प्रकाशित मितिः पुस २, २०७८
    • 60 पटक पढिएको
  • जापानमा आगलागी, दर्जनौँको मृत्यु २८ घाइते

    झापा / जापानको एक व्यापारिक भवनमा आगलागी हुँदा दर्जनौँको मृत्यु भएको छ । ओशाका स्थित ८ तले भवनमा आगलागी भएको हो ।शुक्रबार ओकाशाको सपिङ एवं मनोरञ्जन क्षेत्रस्थित ८ तले भवनमा आगो लागेको जापानको समाचार माध्यम एनएचकेले जनाएको छ । उक्त भवनको ४ औं तलाबाट आगलागी सुरु भएको समाचारमा उल्लेख छ ।एनएचकेका अनुसार २८ जना गम्भीर घाइते भएका छन् । गम्भीर घाइतेमध्ये अधिकांशको मुटु र फोक्सोले काम नगरेको कारण मृत्यु भएको अनुमान छ।आगलागीसँगै ओसाकाको मध्य भागमा अवस्थित किटावार्डमा कयौं अग्निनियन्त्रक बोलाइएको र ३० मिनेटभित्रै आगो नियन्त्रणमा आएको थियो ।आगलागी हुनुको कारण हालसम्म खुलेको छैन । 

    • प्रकाशित मितिः पुस २, २०७८
    • 53 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा