विदेश

    Showing 701-710 of 1,581 items.
  • दुईवटा रेल ठोक्किँदा २६ जनाको ज्यान गयो

    ग्रीसमा दुईवटा रेल ठोक्किँदा कम्तिमा २६ जनाको ज्यान गएको छ । ८५ जना यात्रु घाइते भएका छन् । मध्य ग्रीसको टेम्पे सहर नजिक यात्रुबाहक र मालबाहक दुईवटा रेल एकआपसमा ठोक्किएका हुन् । यात्रुबाहक रेल एथेन्सबाट उत्तरी सहर थेस्सालोनिकी जाँदै गरेको तथा मालबाहक रेल थेस्सालोनिकीबाट लारिसाका लागि छुटेको थियो । दुर्घटनामा रेलका डिब्बाहरु उछुट्टिएका थिए र तीनवटा डब्बामा आगो लागेको थियो ।आगो निभाउन १७ वटा दमकलसहित अग्नि नियन्त्रक र स्वास्थ्यकर्मीहरुको टोली खटिएका थिए । दुई वटा रेल आपसमा ठोक्किनुको कारण खुल्न नसकेको थेसाली क्षेत्रका गभर्नर कोन्स्टान्टिनोस अगोरास्टोसलाई उद्धृत गरी समाचार संस्था द गार्जियनले जना

    • प्रकाशित मितिः फागुन १७, २०७९
    • 128 पटक पढिएको
  • भारत नयाँदिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदिया पक्राउ

    भारत नयाँदिल्लीका उपमुख्यमन्त्री मनिष सिसोदिया पक्राउ परेका छन् । केन्द्रीय अन्वेषण ब्युरो सीबीआईले सिसोदियालाई हिजो बेलुका पक्राउ गरेको हो । सीबीआईले दिल्लीको मदिरा नीति सम्बन्धमा भएको भनिएको भ्रष्टाचारबारे अनुसान्धान गरिरहेको थियो ।अनुसन्धानका क्रममा सिसोदियालाई सीबीआईले कार्यालयमा बोलाएको थियो । सिसोदियाले अनुसन्धानमा नसघाएको आरोप लागेको बीबीसी हिन्दीले जनाएको छ । सिसोदिया आम आदमी पार्टी (आप) का नेता हुन् । उनको गिरफ्तारीलाई आम आदमी पार्टीले तानाशाही भनेको छ ।आपले भारतीय जनता पार्टी भाजपाले राजनीतिक प्रतिशोध साधेको आरोप  लगाएको छ ।  उपमुख्यमन्त्री मनिष सिसोदिया पक्राउ परे पछि

    • प्रकाशित मितिः फागुन १५, २०७९
    • 137 पटक पढिएको
  • अमेरिकामा चिकित्सक र बिरामी बाेकेकाे विमान दुर्घटना हुँदा पाँच जनाकाे मृत्यु

    अमेरिकाको पश्चिमी राज्य नेभाडामा चिकित्सक र बिरामी बोकेको एउटा विमान दुर्घटना हुँदा पाँच जनाको ज्यान गएकाे छ। गएकाे शुक्रवार क्यालिफोर्निया र नेभाडाको सिमानामा अवस्थित स्टेजकोच सहर पुगेपछि राडारबाट हराएको विमान दुर्घटना भएको मध्य लियोन काउन्टीको अग्नि नियन्त्रण कार्यालयलाई उद्धृत गर्दै क्षेत्रीय आपत्कालीन चिकित्सा सेवा प्राधिकरण (आरईएमएसए) ले आज जनाएको बीबीसीमा उल्लेख छ। दुर्घटनाग्रस्त विमानमा चालक बाहेक एक जना परिचारिका, एक जना चिकित्सा सहायक, एक जना बिरामी र उनको परिवारका एक जना सदस्य थिए । प्रतिकूल मौसमका कारण विमान दुर्घटना भएको अनुमान गरिएको छ । यद्यपि दुर्घटनाको

    • प्रकाशित मितिः फागुन १४, २०७९
    • 135 पटक पढिएको
  • आम आदमी पार्टी र भाजपाका सदस्यहरूबीच झडप (भिडियोसहित)

    काठमाडौं - दिल्ली महानगरपालिका (एमसीडी) मा बुधबार आम आदमी पार्टी र भाजपाका सदस्यहरूबीच झडप भएको छ। जसमा पुरुष पार्षद र महिला पार्षदहरूले एकअर्कालाई लात र मुक्का प्रहार गरेका थिए भने सदनमा बोतलहरू फालियो र मतपेटिकामा तोडफोड गरिएको थियो।मेयरको निर्वाचनपछि बुधबार साँझ स्थायी समितिको निर्वाचन सुरु भएको थियो। त्यसपश्चात् झडप भएको थियो।​ शेली ओबेरोयले भाजपाका नेता तथा कार्यकर्ताले आफूलाई आक्रमण गरेको बताएकी छिन्। उनले भनिन्, 'यो हो बीजेपीको गुंडागर्दीको हो। महिलामाथिको आक्रमण गर्नेलाई कडा कारबाहीको माग गर्दछु।'सदनमा बुधबार राति अबेरसम्म हंगामा जारी रह्यो। दुवै दलका पार्षदहरु सदनमै सुतेका थ

    • प्रकाशित मितिः फागुन ११, २०७९
    • 183 पटक पढिएको
  • फेरि गयाे टर्कीएमा भूकम्प

    टर्कीएमा ६ दशमलव ४ रेक्टरस्केलको अर्को भूकम्प गएको छ । टर्कीएको प्रकोप तथा आपत्कालीन एजेन्सी अफादका अनुसार स्थानीय समय अनुसार गएराति आठ बजेर ४ मिनेटमा भूकम्प गएको हो । नयाँ भूकम्पमा परि  तीन जनाको ज्यान गएको छ । यो भूकम्पले अन्टाक्यामा क्षति पुर्याएको छ ।टर्कीए र सिरियामा गरी ६ सय ८० जनाभन्दा धेरै घाइते भएका छन् । केही मानिसहरु भग्नावशेषमा फसेका छन् । उनीहरुको खोजी तथा उद्धारको काम भइरहेको छ ।नयाँ भूकम्पपछि पनि केही परकम्प गएको बीबीसीले जनाएको छ । यसअघि गएको माघ २३ गते अर्थात् फेब्रुअरी ६ तारिखमा गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पले टर्कीए र सिरियामा गरी ४५ हजारभन्दा

    • प्रकाशित मितिः फागुन ९, २०७९
    • 248 पटक पढिएको
  • भूकम्पमा परी  ४६ हजारभन्दा बढीको मृत्यु

    अंकारा : टर्कीको पूर्वी भाग र छिमेकी सिरियामा गत माघ २३ गते गएको भूकम्पमा परी  ४६ हजारभन्दा बढीको मृत्यु भएको छ भने हजारौं घाइते भएका छन्। टर्कीको कहरामनमारसलाई केन्द्रविन्दु बनाएर ७.८ म्याग्निच्युडको भूकम्पबाट दश वटा प्रान्तमा अकल्पनीय क्षति भएको छ।विपद् तथा आपत्कालीन व्यवस्थापन प्राधिकरण आज साँझदेखि खोजी तथा उद्धार स्थगन गरिने जनाउँदै ४ लाख ३० हजार मानिसलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको बताएको छ। साथै खोज तथा उद्धारमा १३ हजार स्वयम्सेवक एवम् अन्य सहायताकर्मी परिचालन गरिएको जनाइएको छ।हालसम्म टर्कीमा ४० हजार छ सय ४२ जना तथा सिरियामा ५ हजार आठ सयले ज्यान गुमाएका दुवै देशका सरकार

    • प्रकाशित मितिः फागुन ७, २०७९
    • 125 पटक पढिएको
  • दमास्कसमा इजरायलकाे मिसाइल आक्रमण : १३ जनाको मृत्यु

    एजेन्सी : सिरियाको राजधानी दमास्कसमा इजरायलले मिसाइल आक्रमण गरेको छ। मिसाइल आक्रमणबाट १३ जनाको मृत्यु भएको छ। सो हमलामा २८ बढि घाइते भएका छन्।सरकारी टेलिभिजनमा देखाइएको भीडीयोमा एक १० तले भवन पूर्णरुपमा क्षति पुगेको छ। इजरायलले आक्रमण गरेको क्षेत्रमा भारी सुरक्षा व्यवस्थासहितको आवासीय परिसर निर्माण गरिएको छ । यो क्षेत्रमा बाक्लो बस्ती रहेको बताइएको छ।समाचार एजेन्सी रोयटर्सका अनुसार इजराइलले सो घटनाको जिम्मा लिन भने इन्कार गरेको छ।

    • प्रकाशित मितिः फागुन ७, २०७९
    • 124 पटक पढिएको
  • रुसी सेनाद्वारा युक्रेनकोतेल प्रशोधन केन्द्रमा मिसाइलको वर्षा

    काठमाडौं - रुसी सेनाले युक्रेनको बख्मुटमा मिसाइलको वर्षा गराएको छ।किभका अनुसार बख्मुटको मुख्य तेल प्रशोधन केन्द्रमा रुसी सैनिकले मिसाइलको वर्षा गराएको हो। रुसी भाडाको सैनिक समूह वाग्नर मार्सेनरीले बख्मुट २ महिनाभित्र नियन्त्रणमा लिने घोषणा गरेको महिना दिनभित्रै बख्मुटमा ठूलो आक्रमण भएको हो। ३६ भन्दा बढी मिसाइल खसेको तेल प्रशोधन केन्द्रमा कति क्षति भयो भन्ने एकिन विवरण आइनसकेको युक्रेनी एयरफोर्सले जनाएको छ। युक्रेनले कम्तीमा १६ आक्रमण भने निस्तेज पारिएको दाबी गरेको छ। रुसी सेना केही समययता डोनेत्सकको सानो सहर बख्मुटमाथि केन्द्रित भएको छ।  यो सहरबाट कम्तीमा ७० हजार मानिस विस्

    • प्रकाशित मितिः फागुन ५, २०७९
    • 181 पटक पढिएको
  • युक्रेन युद्धमा लड्न अस्वीकार गर्ने एक सैनिकको रुसले गर्यो निर्मम हत्या

    रुसले युक्रेन युद्धमा लड्न अस्वीकार गरेका एक सैनिकको निर्मम हत्या गरेको छ। हालै युक्रेनबाट फर्केका वैगनआर समूहका एक सैनिकको हथौडाले टाउकोमा हानेर हत्या गरेको भिडियो सार्वजनिक भएको छ। उनी युक्रेनबाट छुटेका ६३ जना रुसी सैनिकमध्ये एक थिए। उनको नाम डीमित्री याकुशान्को थियो र उनी रूसको तर्फबाट युद्धमा संलग्न निजी वैगनआर सेनाका सदस्य थिए।याकुशान्कोमाथि जानीजानी युद्ध त्यागेर युक्रेनतर्फ भागेको आरोप लागेको थियो। 'युद्धभूमिमा लड्दा मैले महसुस गरें कि यो लडाईं मेरो होइन', उनले एक भिडियोमा भनेका थिए।रुस र युक्रेनले फेब्रुअरी ४ मा युद्धका क्रममा कब्जामा लिएका सैनिकको आदानप्रदान गरेका थिए। द इन्साइडरका अन

    • प्रकाशित मितिः फागुन ४, २०७९
    • 227 पटक पढिएको
  • भूकम्पमा परी मृत्यु हुनेको संख्या ४० हजार नाघ्याे

    झापा : सिरिया र टर्कीको सीमामा गतहप्ता गएको शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या ४० हजार नाघेको छ।टर्की​मा मात्रै भूकम्पमा परी ३५ हजार ४ सय १८ जनाले ज्यान गुमाएको त्यहाँका अधिकारीले जनाएका छन। सिरियामा ५ हजार ८ सयले ज्यान गुमाएको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ।टर्कीबाट उत्तरपश्चिम सिरियामा बाब अल–सलाममा मानवीय सहायता बोकेका दशवटा अन्तर्राष्ट्रिय आप्रवासन संगठनका ट्रकहरू पुगेका छन्।  टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले भग्नावशेषबाट ८ हजारभन्दा बढी मानिसको जिउँदै उद्धार गरेको बताएका छन्। ​भूकम्पपछि सिरियामा ५ दशमलव ३ मिलियन मानिस घरबारविहीन हुन सक्ने

    • प्रकाशित मितिः फागुन ३, २०७९
    • 248 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा