विदेश

    Showing ५६१-५७० of १,०१३ items.
  • सुनामी आएपछि टोंगाको जनजीवन अस्तव्यस्त

    एजेन्सी / प्रशान्त टापु राष्ट्र टोंगामा सुनामी आएपछि ठूलो क्षति भएको अनुमान गरिएपनि पूर्ण विवरण आउन सकेको छैन । राजधानी नुकुआलोफाबाट करिब ६५ किलोमिटर उत्तरमा आइतबार हुङ्गा टोंगा हुंगा हापाई ज्वालामुखी विस्फोट भएको थियो ।सो विस्फोट अमेरिका सम्म टाढा सुनिएको थियो । विस्फोटपछि एक मिटर भन्दा माथिसम्म छाल आएको थियो । सो सुनामीका कारण तटीय क्षेत्रको जनजिवन प्रभावित भएको समाचार छ ।अहिलेसम्म कतिजना घाइते वा मृत्यु भएको छ पुष्टि हुन नसकेपनि बेलायती महिला एन्जेला ग्लोभर बेपत्ता भएको उनका साथीहरू र परिवारले बताएका छन् । उनले टोंगाको राजधानी नुकुआलोफामा ट्याटु पार्लर सञ्चालन गर्दै आएकी थिइन ।

    • प्रकाशित मितिः माघ ४, २०७८
    • ४१ पटक पढिएको
  • अफगानिस्तानमा भूकम्पबाट २६ जनाको मृत्यु : भारतमा पनि भूकम्पको धक्का महसुस

    काठमाडौं / अफगानिस्तानमा भूकम्प जाँदा २६ जनाको मृत्यु भएको समाचार एजेन्सी एएफपीले जनाएको छ । पश्चिमी अफगानिस्तानमा ५.३ म्याग्निच्युटको भूकम्प जाँदा २६ जनाको मृत्यु भएको हो ।भूकम्पका कारण धेरै भौतिक संरचनाहरू भत्किएका छन् । तुर्कमेनिस्तानसँग सीमा जोडिएको यो प्रान्त पहाडी क्षेत्र हो, जसलाई अफगानिस्तानको गरिब र अविकसित क्षेत्र मानिन्छ । भूकम्पबाट पाँच महिला र ४ बालबालिकासहित २६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।आपतकालीन सञ्चालन केन्द्रका प्रमुख मुल्ला जनानले समाचार एजेन्सीलाई दिएको जानकारी अनुसार त्यहाँका ७ सय भन्दा बढी घर क्षतिग्रस्त भएका छन् । भूकम्प प्रभावित क्षेत्रमा भारी वर्षा

    • प्रकाशित मितिः माघ ४, २०७८
    • ४० पटक पढिएको
  • अफगानिस्तानमा बम विस्फोट दुईको मृत्यु

    एजेन्सी / अफगानिस्तानको उत्तरी बाघलान प्रान्तमा विगतका वर्षको युद्धबाट बाँकी रहेको विस्फोटक पदार्थ आइतबार विस्फोट हुँदा दुई जनाको मृत्यु हुनुको साथै अन्य दुई जना घाइते भएका छन् ।स्थानीयवासीका अनुसार प्रान्तीय राजधानी पुल – ए –खुम्री सहरको बाहिरी भागमा रहेको टिपा नवरोज क्षेत्रमा आइतबार मध्याह्नमा भएको विस्फोटमा परी दुई सर्वसाधारणको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । विस्फोटक उपकरणले सर्वसाधारणको ज्यान गत हप्तामा पनि गएको थियो । गत सोमबार पूर्वी नान्गाहर प्रान्तको लालपुर जिल्लाको एक विद्यालयबाहिर विस्फोटक पदार्थ विस्फोट हुँदा छ बालबालिका र एक बिक्रेताको मृत्यु हुनुका साथै अन्य धेरै

    • प्रकाशित मितिः माघ ३, २०७८
    • ३२ पटक पढिएको
  • सन् २०२१ मा चीनको जन्मदर न्यून

    एजेन्सी / चीनको जन्मदर गतवर्ष न्यूनमा झरेको आधिकारिक तथ्याङ्कले सोमबार देखाएको छ । विश्लेषकहरूले अपेक्षा गरेभन्दा बढी बुढ्यौलीको कारण आर्थिक वृद्धिको चिन्तालाई गहिरो बनाउन सक्ने चेतावनी दिएका छन् ।बेइजिङले जनसङ्ख्याको बढ्दो संकटको सामना गरिरहेको छ किनभने यसले द्रुत रूपमा वृद्ध कार्यबल, सुस्त अर्थतन्त्र र दशकहरूमा देशको सबैभन्दा कमजोर जनसङ्ख्या वृद्धिको सामना गरिरहेको छ । राष्ट्रिय तथ्याङ्क विभागको तथ्याङ्कअनुसार सन् २०२० मा १००० व्यक्तिमा ८.५२ दर रहेकोमा सन् २०२१ मा ७.५२ मा झरेको सो विभागले जनाएको छ ।सो विभागकाअनुसार सन् १९४९ मा कम्युनिष्ट चीनको स्थापना हुँदाको रेकर्ड सुरु भएयता यो तथ्याङ्क सब

    • प्रकाशित मितिः माघ ३, २०७८
    • २९ पटक पढिएको
  • ‘सुपर मम’ बघिनीको मृत्यु

    काठमाडौं   / २९ वटा डमरुलाई जन्म दिएको  बघिनीको मृत्यु भएको छ ।  ‘कलरवाली’ र  ‘सुपर मम’ नामबाट चर्चित बघिनीको भारतको मध्यप्रदेशस्थित पेन्च राष्ट्रिय निकुञ्जमा मृत्यु भएको हो ।१७ वर्षको यो बघिनी तीन – चार दिनदेखि बिरामी रहेको र गत शनिबार पेन्च राष्ट्रिय निकुञ्जमा मृत्यु भएको मध्यप्रदेशस्थित वन विभागले जनाएको छ । निकुञ्जका अधिकारीहरूको उपस्थितिमा उसको अन्तिम संस्कार गरिएको थियो ।वनमन्त्री डा कुँवर विजय शाहले कलरवालीको मृत्युबाट अपूरणीय क्षति पुगेको बताएका छन् ।

    • प्रकाशित मितिः माघ ३, २०७८
    • ४१ पटक पढिएको
  • अष्ट्रेलियाको सिड्नीमा नेपाली युवती मृत फेला

    एजेन्सी / अष्ट्रेलियाको सिड्नीमा नेपाली युवती मृत अवस्थामा फेला परेकी छन्। अष्ट्रेलियामा हाल एमपीएल अध्ययनरत २२ वर्षीय सुस्मिता कपाली मृत अवस्थामा भेटिएकी हुन्।काठमाडौंको कीर्तिपुर घर भएकी सुस्मिता अध्ययनका लागि २ वर्षअघि अष्ट्रेलिया गएकी थिइन् । मृतकको शव नेपाल पठाउन न्युसाउथ वेल्समा गैर आवासीय नेपाली संघले गो-फण्डमि मार्फत सहयोग संकलन सुरू गरेको छ ।अभियानबाट १० हजार डलर संकलन गर्ने लक्ष्य राखिएकोमा हालसम्म १३ हजार ६ सय ५९ डलर संकलन भइसकेको छ।परिवारको अनुमतिमा सहयोग संकलन सुरु गरिएको संघका युवा संयोजक बिक्रम दाहालले जानकारी दिएका हुन् ।

    • प्रकाशित मितिः माघ ३, २०७८
    • ९८ पटक पढिएको
  • जापान र अमेरिकामा सुनामीको चेतावनी

    एजेन्सी / दक्षिणी प्रशान्तमा ज्वालामुखी पछि विस्फोटका कारण कुनै पनि बेला सुनामी आउने भन्दै अमेरिका र जापानले आफ्ना नागरिकहरूलाई सावधानी अपनाउन आग्रह गरेको छ । तीन मिटरभन्दा अग्लो छाल आउन सक्ने र १.२ मिटर अग्लो छालले दक्षिणी क्षेत्रमा असर गर्न सक्ने जापानले चेतावनी दिएको छ । अमेरिकामा पनि पानीको छाल र सुनामीका कारण तटीय क्षेत्रमा बाढी आउन सक्ने जनाइएको छ । हुंगा तोंगा–हुंगा हापाई ज्वालामुखी विस्फोटको आवाज सुरुमा दक्षिणी प्रशान्त क्षेत्रभित्र सुनिएको र त्यसको असर अमेरिकाको तटीय क्षेत्रसम्म पुगेको जनाइएको छ । तोंगाका अधिकांश क्षेत्र खरानी भएको र विद्युत, फोन लाइन र इन्टरनेट सेवा अव

    • प्रकाशित मितिः माघ २, २०७८
    • ३८ पटक पढिएको
  • जापान र अमेरिकामा सुनामीको चेतावनी : सावधानी अपनाउन आग्रह

    एजेन्सी / दक्षिणी प्रशान्तमा ज्वालामुखी पछि विस्फोटका कारण कुनै पनि बेला सुनामी आउने भन्दै अमेरिका र जापानले आफ्ना नागरिकहरूलाई सावधानी अपनाउन आग्रह गरेको छ ।तीन मिटरभन्दा अग्लो छाल आउन सक्ने र १/२ मिटर अग्लो छालले दक्षिणी क्षेत्रमा असर गर्न सक्ने जापानले चेतावनी दिएको छ । अमेरिकामा पनि पानीको छाल र सुनामीका कारण तटीय क्षेत्रमा बाढी आउन सक्ने जनाइएको छ । हुंगा तोंगा–हुंगा हापाई ज्वालामुखी विस्फोटको आवाज सुरुमा दक्षिणी प्रशान्त क्षेत्रभित्र सुनिएको र त्यसको असर अमेरिकाको तटीय क्षेत्रसम्म पुगेको जनाइएको छ । तोंगाका अधिकांश क्षेत्र खरानी भएको र विद्युत, फोन लाइन र इन्टरनेट सेवा अवरुद्ध

    • प्रकाशित मितिः माघ २, २०७८
    • ३० पटक पढिएको
  • भारतमा ३० गुणाले वढ्यो कोरोना संक्रमण

    एजेन्सी / भारतमा एक महिनामा कोभिड संक्रमण तीस गुनाले बढेको छ । तर, सामाजिक दूरी, यात्रा प्रतिबन्धजस्ता सङ्क्रमणबाट बच्ने उपाय अवलम्बन गरिएको पाइँदैन ।कोभिड बढिरहेका बेला लाखौँ हिन्दु भक्तजनहरूले गङ्गा नदीमा सामूहिक स्नान गरेका छन् । मकर संक्रान्तिको अवसरमा लाखौँले सामूहिक स्नान गरेका हुन् । हिन्दु धर्मअनुसार संक्रान्तिमा पवित्र गङ्गामा स्नान गर्नाले सम्पूर्ण पाप नष्ट हुनुका साथै मृत्युपछि पुण्य प्राप्त हुन्छ ।शनिबार पश्चिम बङ्गालस्थित गङ्गामा भक्तजनको भीड नै लागेको थियो । उनीहरूले सङ्क्रमणको कुनै ख्याल नै गरेका थिएनन् । भारतमा महाराष्ट्र पछि पश्चिम बङ्गालमा सबैभन्दा बढी कोभिड संक्रमित छन् । को

    • प्रकाशित मितिः माघ २, २०७८
    • ५१ पटक पढिएको
  • भारतमा पछिल्लो २४ घण्टामा दुई लाख ६८ हजारमा कोभिड संक्रमण

    काठमाडौँ / भारतमा पछिल्लो २४ घन्टामा दुई लाख ६८ हजारमा कोभिड संक्रमण देखिएको छ । यो सँगै भारतमा एक महिनामा कोभिड संक्रमण तीस गुनाले बढेको छ । तर, सामाजिक दूरी, यात्रा प्रतिबन्धजस्ता सङ्क्रमणबाट बच्ने उपाय अवलम्बन गरिएको पाइदैन् । कोभिड बढिरहेका बेला लाखौं हिन्दु भक्तजनहरू गङ्गा नदीमा सामूहिक स्नान गरेका छन् । मकर संक्रान्तिको अवसरमा लाखौँले सामूहिक स्नान गरेका हुन् । उनीहरूले सङ्क्रमणको कुनै ख्याल नै गरेका थिएनन् । भारतमा महाराष्ट्र पछि पश्चिम बङ्गालमा सबैभन्दा बढी कोभिड संक्रमित छन् । कोभिड बढेपछि भारतका विभिन्न शहरहरूमा रात्रिकालीन कफ्र्यू लगाइएका छन् । 

    • प्रकाशित मितिः माघ २, २०७८
    • २९ पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा