काठमाडौं— मानव अधिकार तथा शान्ति समाजले अमेरिकाले भेनेजुएलामा अतिक्रमण गरी त्यहाँका विवादास्पद राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरेको घट्नाप्रति आपत्ति जनाएको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै समाजकी सभापति रेनुका पौडेलले मदुरोलाई क्याप्चर गरेको घटनाप्रति आपत्ति जनाएकी हुन् ।

‘तानाशाह मदुरो कुनै आदर्श नेता होइनन तर अमेरिकी कदम अन्तर्राष्ट्रीय कानुन विपरित हुनुका साथै संयुक्त राष्ट्र सङ्घको बडापत्र विपरित छ । अमेरिकाको यो कदमले गलत नजीर स्थापना गरेको छ जुन थप अशान्तिको कारक बन्न सक्छ,’ विज्ञप्तिमा भनिएको छ ।

‘मदुरो अनेकौ गम्भिर मानव अधिकार उल्लङ्घनका लागि जिम्मेवार छन तसर्थ मदुरोप्रति मानव अधिकार समुदायको असहमति रहिरहनेछ । तर मदुरोलाई क्याप्चर गर्ने नाममा अमेरिकाले अवलम्वन गरेको शैली र ठाडो हस्तक्षेप भेनेजुएलाको सार्वभौम सत्तामाथी हस्तक्षेप हो तसर्थ निन्दनीय छ,’ विज्ञप्तिमा भनिएको छ ।