एजेन्सी । अमेरिकाले भेनेजुएलामा आक्रमण गरी आफ्नो कब्जामा लिएका भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अमेरिका लगेको छ ।
बीबीसीका अनुसार मादुरो र उनकी पत्नी न्युयोर्क राज्यको स्ट्यगबचत एयर नेसनल गार्ड बेसमा अवतरण गरेका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिले मादुरोको आँखामा पट्टी बाँधिएको जहाजभित्रको तस्बिर सेयर गरेका थिए ।
अमेरिकी सञ्चारमाध्यमका रिपोर्टहरूका अनुसार, भेनेजुएलाका राष्ट्रपति मादुरो न्युयोर्क पुगेपछि उनी हेलिकोप्टरमार्फत म्यानह्याटनको वेस्टसाइड हेलिपोर्टमा लगिनेछन् ।
त्यहाँबाट अमेरिकी ड्रग एनफोर्समेन्ट एडमिनिस्ट्रेसनको मुख्यालयमा ब्रुकिलिङका लैजाने बताइएको छ । मादुरोलाई न्युयोर्कमा ड्रग र हतियारसम्बन्धी अभियोग लगाइएको छ ।






































