विदेश

    Showing 471-480 of 1,579 items.
  • इजरायलले थाल्यो गाजामा भीषण हवाई आक्रमण

    काठमाडौं— इजरायलले गाजामा गएरातिदेखि भीषण हवाई आक्रमण शुरु गरेको छ। अस्पतालदेखि शरणार्थी शिविरसम्ममा भएका आक्रमणमा कम्तीमा ११४ जनाको मृत्यु भएको छ । खान युनिसमा रहेको युरोपेली–गाजा अस्पतालमा भएको आक्रमणमा २८ जनाको मृत्यु भएको छ । अस्पतालमा स्वयसेवी काम गरिरहेका बेलायतका सर्जन डा.टम पोटोकारले लडाकु जहाजबाट ६ वटा बम खसालिएको र २८ जना घाइते भएको जानकारी दिँदै भग्नावशेषमा परिणत भइरहेको अस्पतालको फुटेज सार्वजनिक गरेका छन्।इजरायलले १० हप्तादेखि गाँजामा राहत सामग्रीको प्रवेशमा प्रतिबन्ध जारी राखेका बेला शक्तिशाली हवाई आक्रमण भएको हो। यस क्षेत्रमा इजरायलले पत्रकारलाई समेत प्रवेशमा वञ्चित गरेको छ।

    • प्रकाशित मितिः जेठ २, २०८२
    • 305 पटक पढिएको
  • लखनउमा बस आगलागी हुदाँ जिउँदै जलेर ५ को मृत्यु

    लखनउ, १ जेठ । आज बिहान चलिरहेको स्लीपर एसी बसमा आगलागी हुदाँ जिउँदै जलेर ५ जनाको मृत्यु भएको छ।अचानक भएको आगालागी दुर्घटनामा ५ यात्रु जलेर मृत्यु भएको हो । मृत्यु हुनेमा आमा–छोरी, बाबु–छोरी रहेका छन् । बसमा करिब ८० यात्रु सवार थिए । बस बिहारबाट दिल्ली गइरहेको बेला सो आगलागी भएको हो ।मोहनलालगञ्ज नजिकैको बाहिरी चक्रपथ (किसानपथ) मा बिहान ५ बजे सो आगलागी भएको हो । त्यतिबेला अधिकांश यात्रु सुतिरहेका थिए । बसमा एक्कासी धुवाँ निस्कन थालेको यात्रुले बताएका छन् । केही मिनेटमै ठुलो आगो निस्किएको थियो ।बस भित्र भागदौड भएको थियो । बसका चालक र कन्डक्टर जलेको बस छोडेर भागेका थिए । चालकको सिट नजिकै अतिर

    • प्रकाशित मितिः जेठ १, २०८२
    • 389 पटक पढिएको
  • चीनले पाकिस्तानी बैज्ञानिकलाई पनि अन्तरिक्षमा लैजाने

    बेइजिङ, १ जेठ । चीनले पाकिस्तानका दुई मध्ये एक बैज्ञानकिलाई साथमा अन्तरिक्षमा लैजाने भएको छ ।चीनको मानव अन्तरिक्ष एजेन्सीले घोषणा गरे अनुसार पाकिस्तानका दुई अन्तरिक्ष यात्रीलाई चीनको अन्तरिक्ष स्टेशनमा संयुक्त मिसनमा भाग लिनको लागि अन्तरिक्ष उडान प्रशिक्षणको लागि छनोट गरिएको छ।चीनको मानव अन्तरिक्ष एजेन्सी (सीएमएसए) लाई उद्धृत गर्दै सरकारी समाचार एजेन्सी सिन्ह्वाले दुई पाकिस्तानीमध्ये एकजनाले पेलोड विशेषज्ञको रूपमा संयुक्त अन्तरिक्ष अभियानमा भाग लिने मौका पाउने बताएको छ। सीएमएसए प्रवक्ताले उत्तर– पश्चिम चीनको जिउक्वानमा सञ्चारकर्मीसँग कुरा गर्दै यो जानकारी दिएका हुन । ग

    • प्रकाशित मितिः जेठ १, २०८२
    • 232 पटक पढिएको
  • गाजामा इजरायली हवाई आक्रमण, ८० जनाको मृत्यु

    काठमाडौं— इजरायली सेनाले गाजामा गरेको हवाई आक्रमणमा परी ८० जनाको मृत्यु भएको छ । गाजाको उत्तरपश्चिम जबालिया क्षेत्रमा गरिएको हमलामा ५० जनाको मृत्यु भएको इन्डोनेसियाली अस्पतालले बताएको छ । मृतकमध्ये २२ बालबालिका र १५ महिला परेका छन् । नजिकैको अल–अव्दा अस्पतालले थप नौजनाको शव प्राप्त गरेको छ । जसमध्ये ७ बालबालिका रहेका छन् । इजरायली सेनाले भने उत्तरी गाजामा हमास र प्यालेस्टिनी इस्लामिक जिहाद लडाकुहरूलाई आक्रमण गरेको दाबी गरेको छ । इजरायलतर्फ रकेट हमला भएपछि मंगलबारदेखि जबालिया र छिमेकी क्षेत्रका बासिन्दालाई क्षेत्र खाली गर्न आग्रह गरेको थियो । यसैबीच, संयुक्त राष्ट्रसंघका मानवीय स

    • प्रकाशित मितिः जेठ १, २०८२
    • 386 पटक पढिएको
  • प्रहरीले बरामद गरेको चरेस अदालतसम्म पुर्‍याउँदा इँटा–ढुंगामा परिणत भएपछि भयो हंगामा

    काठमाडौं— नेपालमा पनि बेला बेलामा बरामद भएको सुनलाई प्रहरीले अदालत लैजाँदा पित्तलमा परिणत भई सुन जस्तो देखिने धातु भनेको सुनिन्छ । त्यस्तै बरामद भएको गाँजा चरेस पनि नक्कली नै भएर निस्किन्छ ।नेपालमा जस्तै अनौठो घटना छिमेकी देश भारतमा पनि भएको छ । भारतको बिहार राज्यमा बरामद गरेको लागुऔषध चरेसलाई त्यहाँको रेलवे प्रहरीले इँटा र ढुंगामा परिणत गरेपछि हंगामा भएको छ ।प्रहरीको लापरबाहीको कारण मात्रै नभएर यस्तो घटनामा ठूलो गिरोहको संलग्नता रहेको भन्दै उनीहरूले गम्भीर ढंगले अनुसन्धान गर्न माग गरेका छन् ।मोतिहारीमा रेल प्रहरीको कर्तुतले सबैलाई अचम्ममा पारेको छ। केही दिनअघि २४ किलो चरेस बेवारिसे अवस्थामा ब

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 314 पटक पढिएको
  • प्रधानमन्त्री ओलीसँग कोरियन रेल कम्पनीको भेट, नेपालको रेलवे विकासमा सहकार्यको इच्छा

    काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीसँग दक्षिण कोरियाको प्रतिष्ठित ‘कोरिया रेलरोड कर्पोरेशन’ का अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत हान मुन हीको नेतृत्वमा आएको प्रतिनिधिमण्डलले आज भेटवार्ता गरेको छ।बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको भेटमा १२६ वर्ष पुरानो इतिहास बोकेको कोरियन कम्पनीले नेपालको रेलवे पूर्वाधार निर्माणमा सहकार्य गर्न चाहेको इच्छा व्यक्त गरेको छ।भेटका क्रममा ‘स्काइ वाक’ कम्पनीले प्रस्ताव गरेको ‘एभरेष्ट रेलवे प्रोजेक्ट’ — चतराधामदेखि चौरीखर्कसम्मको रेलमार्ग — को एनिमेसन भिडियो समेत प्रस्तुत गरिएको थियो।छलफलमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, लगानी बोर्डक

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 304 पटक पढिएको
  • दक्षिणी गाजास्थित अस्पतालमा इजरायलको आक्रमणमा २८ जना मारिए

    काठमाडौं— इजरायली सेनाले दक्षिणी गाजामा गरेको आक्रमणमा २८ जनाको मृत्यु भएको छ । आक्रमणबाट दर्जनौँ घाइते भएका छन् । पछिल्लो २४ घण्टामा दुई अस्पतालमा आक्रमण भएको हो । गाजाको खान युनिसमा रहेको युरोपियन अस्पतालमा पनि इजरायली सेनाले आक्रमण गरेको बताइएको छ ।पछिल्लो १० सातामा त्यहाँ खानेपानी, औषधि र टेन्टको व्यवस्था पनि छैन । संयुक्त राष्ट्रसङ्घीय राहत प्रमुख टम फ्लेटचरले अहिलेको नरसंहार रोक्नका लागि अन्तर्राष्ट्रिय निकायले नै पहल गर्नुपर्ने कुरामा जोड दिएका छन् ।न्युयोर्कमा गाजाको अवस्थाबारे जानकारी गराउँदै फ्लेटचरले इजरायलले राहत वितरणमा आफूहरूमाथि अवरोध सिजैना गरेको आरोप लगाएका छन् ।उनले इजरायलले

    • प्रकाशित मितिः वैशाख ३१, २०८२
    • 329 पटक पढिएको
  • बङ्गलादेशमा चट्याङ लागेर १४ जनाको मृत्यु

    काठमाडौं— आइतबार बङ्गलादेशका विभिन्न क्षेत्रमा आएको आँधी र चट्याङका कारण कम्तीमा १४ जनाको मृत्यु भएको छ ।स्थानीय स्रोतका अनुसार आइतबार दिउँसो आएको  आँधीका बेला अधिकांश पीडितहरू खेतमा काम गरिरहेका थिए । ढाकाबाट करिब १२२ किलोमिटर उत्तरमा रहेको मिमेन्सिंह जिल्लामा रुख ढलेर दुई जनाको मृत्यु भएको जनाइएको छ ।ब्राह्मणबाडिया जिल्लामा पाँच जना, किशोरगङ्ज जिल्लामा चार जना र शेरपुर, हबिगञ्ज तथा नाओगाँ जिल्लामा एक–एक जनाको मृत्यु भएको छ ।ढाकास्थित एक सरकारी अधिकारीले मृत्युको यकिन सङ्ख्याको तत्काल पुष्टि गर्न सकेनन् । बङ्गलादेशमा यस्तो समयमा चट्याङ लागेर मृत्यु हुनु सामान्य हो ।यस वर्षको अप्रिल २४ मा

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • 273 पटक पढिएको
  • म्यानमार सैनिकद्दारा बिधालयमा हवाइ आक्रमण, २० बिधार्थीसहित २२ को मृत्यु

    काठमाडौं, ३० बैशाख । म्यानमारको सेनाले सोमबार देशको सागिङ क्षेत्रको एक विद्यालयमा हवाई आक्रमण गर्दा २२ जनाको मृत्यु भएको छ ।यसरी मृत्यु हुनेमा २० बालबालिका र २ शिक्षक रहेका छन् । यस आक्रमणमा धेरै विद्यार्थी गम्भीर घाइते भएका छन्, जसलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ। यो जानकारी एक प्रतिद्वन्द्वी समूह, एक राहत कार्यकर्ता र स्थानीय मिडियाले सोमवार राती रिपोर्ट गरेको हो ।समाचार अनुसार सोमबार बिहान सदरमुकामको ओहे जुम्ल्याहा गाउँ (देपायिन पनि भनिन्छ) विद्यालयमा कक्षा १ देखि माध्यमिक विद्यालयसम्म अध्ययनरत विद्यार्थीमाथि हवाइ आक्रमण भएको बताए । सेना सरकार र सरकारी मिडियाले हवाई आक्रमणको बारेमा

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • 286 पटक पढिएको
  • कतारले ट्रम्पलाई ५५ अर्बको लक्जरी बोइङ जेट उपहार स्वरूप दिने

    कतार, ३० बैशाख । कतारले डोनाल्ड ट्रम्पलाई  लक्जरी बोइङ ७४७–८ जम्बो जेट उपहारस्वरूप दिने भएको छ।तर ट्रम्प प्रशासनको यो योजनाले अमेरिकी संविधानमा समस्या खडा गरिरहेको छ किनभने आलोचकहरूले तर्क गरेका छन कि सम्झौताले सार्वजनिक सेवा र निजी नाफा बीचको रेखाहरू धमिलो पार्छ । र, अमेरिकी संविधानको विदेशी ‘इमोलुमेन्ट क्लज’ को उल्लङ्घन गर्न सक्छ।करिब ४०० मिलियन डलर अर्थात ५५ अर्ब मूल्यको यो विमान विदेशी सरकारले संयुक्त राज्य अमेरिकालाई दिएको सबैभन्दा महँगो उपहार हो, जा्र अस्थायी रूपमा राष्ट्रपतिको विमानको रूपमा प्रयोग गरिनेछ।  र, त्यसपछि ट्रम्पको कार्यकाल पूरा भएपछि यसलाई राष्ट्रपतिको संग्रालयमा र

    • प्रकाशित मितिः वैशाख ३०, २०८२
    • 428 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा