विदेश

    Showing 421-430 of 1,579 items.
  • इरानी हमलामा १० इजरायलीको मृत्यु, ७ अझै बेपत्ता

    तेलअभिव, १ असार । इरानले इजरायलमा गरेको आक्रमणमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ ।इजरायलमा रातारात भएको इरानको मिसाइल आक्रमणमा परी १० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्।तेल अवीभको दक्षिणमा रहेको याम सहरमा दुई बालबालिकासहित थप ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ भने सात जना बेपत्ता छन् । र, आपतकालीन सेवाहरूले भत्किएका भवनहरूको भग्नावशेषमा खोजी गरिरहेका छन्।आपतकालीन सेवा र स्थानीय अस्पतालका अनुसार उत्तरी अरब शहर ताम्रामा भएको आक्रमणमा चार जनाको मृत्यु भएको थियो । 

    • प्रकाशित मितिः असार १, २०८२
    • 278 पटक पढिएको
  • साउदीमा ५४४ नेपाली जेलमा, अधिकांश मदिरा र लागूऔषध प्रकरणमा

    काठमाडौं – वैदेशिक रोजगारीका लागि साउदी अरब गएका ५ सय ४४ नेपाली नागरिक विभिन्न अपराध अभियोगमा जेल चलान भएका छन्। साउदीको कडा कानुन र साथीभाइको प्रभावमा परी गैरकानुनी गतिविधिमा संलग्न हुँदा उनीहरू कारागार पुग्न बाध्य भएका हुन्।साउदीस्थित नेपाली दूतावासका श्रम काउन्सेलर कविराज उप्रेतीका अनुसार, जेलमा रहेका नेपालीमध्ये सबैभन्दा बढी अर्थात् ३४५ जना मदिरा उत्पादन, सेवन र ओसारपसार अभियोगमा छन्। साउदीमा मदिरा सेवन तथा कारोबार पूर्णरूपमा गैरकानुनी र दण्डनीय मानिन्छ।त्यस्तै,८४ जना लागूऔषध ओसारपसार,५३ जना चोरी,१२ जना वेश्यावृत्तिमा संलग्न,१६ जना तोडफोड,१५ जना घुसखोरी,४ जना हत्या,७ जना कानुन उल्लङ्घन,र १

    • प्रकाशित मितिः असार १, २०८२
    • 256 पटक पढिएको
  • देहरादूनबाट केदारनाथका लागि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त

    काठमाडौं -  भारतको देहरादूनबाट केदारनाथका लागि उडेको हेलिकप्टर दुर्घटनाग्रस्त भएको छ । भारतिय सञ्चार माध्यमहरुका अनुसार उत्तराखण्डमा छ जना यात्रु बोकेको हेलिकप्टर दुर्घटनाग्रस्त भएको बताएका छन् ।भारतीय सञ्चार माध्यम हिन्दुस्तान टाइम्सका अनुसार उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले समाचारको पुष्टि गर्दै भने, “रुद्रप्रयाग जिल्लामा हेलिकप्टर दुर्घटना भएको बारेमा धेरै दुखद खबर प्राप्त भएको छ । एसडीआरएफ, स्थानीय प्रशासन र अन्य उद्धार टोलीहरू राहत र उद्धार कार्यमा संलग्न छन्। म सबै यात्रुहरूको सुरक्षाको लागि बाबा केदारलाई प्रार्थना गर्दछु।”यसअघि बिहीबार दिउँसो भारतको अहमदाबदबाट बेलायतको

    • प्रकाशित मितिः असार १, २०८२
    • 235 पटक पढिएको
  • मध्यपूर्वको अवस्थाबारे पुटिन र ट्रम्पबीच फोनवार्ता

    काठमाडौं -  रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र उनका अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पले फोन वार्तामा मध्यपूर्वको अवस्थाबारे छलफल गरेको क्रेमलिनले जनाएको छ ।कुराकानी ५० मिनेटसम्म चलेको थियो, यो ठोस, इमान्दार र धेरै उपयोगी थियो, रूसी राष्ट्रपतिका सहयोगी युरी उशाकोभले भने, यो स्वाभाविक रूपमा मध्यपूर्वको अवस्थाको खतरनाक बिग्रँदो अवस्थामा केन्द्रित थियो ।उशाकोभका अनुसार पुटिनले ट्रम्पलाई इरान र इजरायलका नेताहरूसँगको आफ्नो हालैको फोन वार्ताको बारेमा जानकारी गराए ।‘पुटिनले इरान विरुद्ध इजरायली सैन्य कारबाहीको निन्दा गरे र द्वन्द्वको सम्भावित वृद्धिमा गम्भीर चिन्ता व्यक्त गरे, जसको सम्पूर्ण मध्यपूर्व

    • प्रकाशित मितिः असार १, २०८२
    • 238 पटक पढिएको
  • इरान र इजरायल बिच एक अर्काविरुद्ध क्षेप्यास्त्र र ड्रोनको वर्षा

    काठमाडौं । इरान र इजरायले शनिबार रातिपनि एक अर्का विरुद्ध क्षेप्यास्त्र र ड्रोन वर्षा जारी राखेका छन् ।यसअघि इजरायलले शुक्रबार बिहानै देखि सुरु गरेको सैन्य अपरेसनले दुई मुलुकबीच युद्ध चर्किएको अन्तराष्ट्रिय सञ्चार माध्ययमहरुले जनाएका छन् । दुई मुलुक बिच जारी युद्धमापरी अहिलेसम्म ८० जना इरानी नागरिकको मृत्यु भएको छ जसमा २० बालबालिका समेत छन् । उता, इजरायलमा तीन जनाको मृत्यु भएको पुष्टि भएको छ । तेलअवीवमा कयौँ घाइते भएका छन् भने दुवै मुलुकबीच आक्रमण र प्रत्याक्रमणको क्रम अहिले पनि जारी रहेको बताइएको छ ।इजरायलले इरानमाथि ३० वर्षयताकै ठूलो आक्रमण गरेको मानिएको छ । अहिलेसम्म ८० जना इरानी नागरिकको म

    • प्रकाशित मितिः असार १, २०८२
    • 237 पटक पढिएको
  • अमेरिकामा २ सांसदमाथि गोली प्रहार, महिला सांसद र उनका श्रीमानको मृत्यु, अन्य घाइते

    वासिंगटन डिसी, १ असार । अमेरिकाको मिनेसोटाका दुई डेमोक्र्याटिक सांसदलाई घरमा गोली हानिएको छ ।  पहिलो घटनामा डेमोक्र्याटिक राज्य प्रतिनिधि मेलिसा होर्टम्यान र उनका पति मार्कको मृत्यु भएको छ भने दोस्रो घटनामा डेमोक्र्याटिक राज्यका सिनेटर जोन होफम्यान र उनकी श्रीमती इभेटलाई धेरै पटक गोली हानिएको थियो तर उनीहरू गम्भिर रूपमा दुवै घाइते छन् । दुवैको शल्यक्रिया भइसकेको छ र उनीहरु बाँच्ने आशामा डाक्टरहरु छन् । मिनेसोटाका गभर्नर टिम वाल्जले घटनाका सम्बन्धमा भने, ‘दुवै सांसदमाथिको आक्रमण राजनीतिक रूपमा प्रेरित भएको देखिन्छ। मेलिसा एक अद्भुत सार्वजनिक सेवक थिइन्, अब उनको ठाउँ कसैले लिन सक्

    • प्रकाशित मितिः असार १, २०८२
    • 262 पटक पढिएको
  • युद्दमा १३८ इरानीको मृत्यु, इजरायलको ३ लडाकु बिमान ध्वस्त

    काठमाडौं, १ असार । इजरायल र इरानबीच दोस्रो दिनसम्म पनि भिडन्त जारी रहयो । इरानमा पछिल्लो दुई दिनमा १३८ जनाको मृत्यु भएको जनाइएको छ । इजरायलले शुक्रबार राति १०ः३० बजे इरानको आणविक स्थलमा दोस्रो पटक लडाकु विमानबाट आक्रमण गरेको थियो । यस आक्रमणमा ६० जनाको मृत्यु भएको थियो जबकी सो घटनामा परी ३५० भन्दा बढी घाइते भएको जनाइएको छ ।यसअघि इरानमा शुक्रबार बिहान ५ः३० बजे भएको आक्रमणमा ७८ जनाको मृत्यु भएको थियो । जसमा ९ आणविक वैज्ञानिक र २० भन्दा बढी इरानी सैन्य कमाण्डरहरू पनि सामेल थिए। जवाफमा इरानले पनि इजरायलमा १५० भन्दा बढी क्षेप्यास्त्र प्रहार गरेर बदला लिएको छ, जसमध्ये ६ वटा रकेट राजधा

    • प्रकाशित मितिः असार १, २०८२
    • 211 पटक पढिएको
  • इजरायलमा इरानको मिसाइल आक्रमण हुँदा एक जनाको मृत्यु, ६० जना घाइते

    जेरूसेलम— इरानले इजरायली आक्रमणको जवाफ दिन थालेको छ। शुक्रबार सयभन्दा धेरै ड्रोन आक्रमण गरेको इरानले त्यसपछि मध्यरातमा ब्यालेस्टिक मिसाइल हानेको हो।इरानले पहिलो चरणको जवाफी कारबाहीमा ब्यालेस्टिक मिसाइलले आक्रमण गर्दा एक महिलाको मृत्यु भएको समाचार टाइम्स अफ इजरायलले लेखेको छ।समाचार अनुसार ती महिला सुरूमा गम्भीर घाइते भएकी थिइन्, पछि अस्पतालमा उनको मृत्यु भयो।इरानबाट हानिएको मिसाइल आक्रमणमा अन्य ६० भन्दा बढी व्यक्ति घाइते भएका छन्।तिनमा केही व्यक्तिहरू गम्भीर रूपमा घाइते भएका छन्।इरानको जवाफी कारबाहीपछि आइडीएफले (इजरायली रक्षा बल) नागरिकहरूलाई तोकिएको सेल्टरमा बस्न आग्रह गरेको छ। आइडीएफले इरानबा

    • प्रकाशित मितिः जेठ ३१, २०८२
    • 220 पटक पढिएको
  • एयर इन्डियाको विमानमा बमको आशंका, थाइल्याण्डमा सुरक्षित रूपमा ल्यान्ड भयो

    काठमाडौं— एयर इन्डियाको विमान थाइल्याण्डमा आपतकालीन अवतरण गरिएको छ। मिडिया रिपोर्टका अनुसार, बमको धम्की पाएपछि उडानको आपतकालीन अवतरण गरिएको थियो।रिपोर्टका अनुसार, उडान नम्बर AI-379 थाइल्याण्डको फुकेटबाट दिल्ली आउँदै थियो। विमानमा १५६ यात्रु सवार थिए। यात्रुहरूलाई विमानबाट सुरक्षित रूपमा बाहिर निकालिएको छ।थाइल्याण्ड विमानस्थलका अधिकारीहरूले भने कि फुकेटबाट भारतको राजधानी नयाँ दिल्ली आउँदै गरेको एयर इन्डियाको विमानले शुक्रबार बमको धम्की पाएको थियो। फ्लाइट ट्र्याकर फ्लाइटराडार २४ का अनुसार, विमान शुक्रबार बिहान ९:३० बजे फुकेट विमानस्थलबाट भारतको राजधानी दिल्लीको लागि उडान भरेको थियो। दिउँसो १२:४०

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 444 पटक पढिएको
  • अहमदाबाद दुर्घटनामा बाँचेका एकमात्र यात्रुलाई भेटे मोदीले

    अहमदाबाद — बिहीबार अहमदाबादमा भएको भयावह विमान दुर्घटनापछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी शुक्रबार बिहान घटनास्थल पुगेका छन्। उनले दुर्घटनास्थलको अवलोकन गरेका थिए र त्यसपछि सिभिल अस्पताल पुगेर घाइतेहरूको अवस्थाबारे जानकारी लिएका छन्।प्रधानमन्त्री मोदीले दुर्घटनाबाट जीवित बच्न सफल एकमात्र यात्रु विश्वकुमार रमेशलाई अस्पतालमा भेटेर हौसला दिएका थिए। रमेश लन्डन जाने क्रममा आफ्नो भाइसँग एआई-१७१० फ्लाइटमा सवार थिए। प्रधानमन्त्रीले रमेशको हात समाउँदै सान्त्वना दिएका थिए, जसले रमेशको अनुहारमा केही राहतको अनुभूति झल्किएको देखिन्थ्यो।विश्वकुमार रमेशले विमान दुर्घटनाबारे भने,“मेरो आँखै अगाडि सबै भयो।

    • प्रकाशित मितिः जेठ ३०, २०८२
    • 364 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा