कोलम्बो— श्रीलङ्काले पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ३९ देशका नागरिकलाई निःशुल्क पर्यटक भिसा दिने योजना अघि बढाएको छ।

कोलम्बोमा सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार, यो कार्यक्रम छ महिनाका लागि लागू गर्ने प्रस्ताव गरिएको छ। उक्त प्रस्ताव मन्त्रिपरिषद्को स्वीकृतिपछि संसदमा पेस गरिनेछ।

यो पहल सन् २०२५ जुलाई २१ मा बसेको मन्त्रिपरिषद् बैठकले अनुमोदन गरेको हो। मन्त्रिपरिषद्का प्रवक्ता नलिन्दा जयतिसाले योग्य देशका पर्यटकहरूलाई निःशुल्क भिसा उपलब्ध गराइने जानकारी दिएका छन्।

अध्यागमन तथा आप्रवासन ऐनअनुसार कानुन विभागले आवश्यक नियमहरूको मस्यौदा तयार गरिसकेको छ, जसलाई अन्तिम स्वीकृतिका लागि संसदमा पेस गर्ने तयारी गरिएको छ।