विदेश

    Showing 391-400 of 2,133 items.
  • कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार

    काठमाडौं— बैंककस्थित नेपाली दूतावासले कम्बोडियाबाट ४६ जना नेपालीको उद्धार गरेको छ । उद्धार गरिएका सबै स्वदेश फर्केका छन् । विभिन्न माध्यमबाट कम्बोडिया पुगेका उनीहरूलाई गैरकानुनी काममा लगाइएको जानकारी प्राप्त भएपछि  कम्बोडियाली सरकारको सहयोगमा उद्धार गरी स्वदेश फर्काइएको हो । उक्त दूतावासका अनुसार आकर्षक रोजगारी पाइने विश्वासमा सन् २०२१ मा १०१, २०२२ मा एक हजार ९७७, सन् २०२३ मा दुई हजार ९४०, सन् २०२४ मा छ हजार ४०४ तथा सन् २०२५ मा नौ हजार ६७६ जना नेपाली कम्बोडिया पुगेका थिए । साथै दूतावासले श्रम स्वीकृति नलिइ कम्बोडिया, लाओस, म्यानमार  र थाइल्याण्ड नजान अनुरोध गरेको छ ।&n

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • 450 पटक पढिएको
  • मध्यपूर्व तनावका बाबजुद चीनको अर्थतन्त्रमा अपेक्षा गरिएभन्दा तीव्र वृद्धि

    एजेन्सी— यस वर्षको पहिलो तीन महिनामा चीनको अर्थतन्त्र अपेक्षा गरिएको भन्दा तीव्र गतिमा बढेको छ। इरानसँग अमेरिका–इजरायलको युद्धका कारण विश्व नै प्रभावित भए पनि चीनको अर्थतन्त्रमा ठूलो असर नदेखिएको बीबीसीले जनाएको छ।आधिकारिक तथ्यांकअनुसार गत वर्षको तुलनामा यस अवधिमा चीनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ५ प्रतिशतले वृद्धि भएको छ। अर्थशास्त्रीहरूले यो वृद्धि दर ४.८ प्रतिशतको हाराहारीमा रहने अनुमान गरेका थिए।फेब्रुअरी २८ देखि सुरु भएको मध्यपूर्वको द्वन्द्वले विश्वव्यापी ऊर्जा आपूर्तिमा गम्भीर अवरोध पुर्‍याएको र एसियाली मुलुकलाई बढी असर पारेको भए तापनि चीनको अर्थतन्त्रमा वृद्धि देखिएको हो।बेइजिङले

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • 486 पटक पढिएको
  • टर्कीमा लगातार दोस्रो दिन गोलीकाण्ड, नौ जनाको मृत्यु

    एजेन्सी— टर्कीको दक्षिणी प्रान्त काहमानमारासको एक विद्यालयमा भएको गोलाबारीमा परी कम्तीमा आठ विद्यार्थी र एक शिक्षकको मृत्यु भएको छ। दुई दिनभित्र टर्कीका विद्यालयमा भएको यो दोस्रो घातक आक्रमण हो।दक्षिण टर्कीको आयसर चालिक माध्यमिक विद्यालयमा बुधबार एक १४ वर्षीय आक्रमणकारीले अन्धाधुन्ध गोली चलाएका थिए। आन्तरिक मामिला मन्त्री मुस्तफा सिफ्चीका अनुसार आक्रमणमा ९ जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको बताइएको छ।आक्रमणकारी १४ वर्षीय किशोरको पनि घटनाकै क्रममा मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन्। स्थानीय सञ्चारमाध्यमका अनुसार आक्रमणकारी ती किशोर प

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • 488 पटक पढिएको
  • इरानी सेनाको नियन्त्रणमा रहेका नेपाली युवा अमृत झा रिहा

    काठमाडौं । इरानमा पक्राउ परेका नेपालको उदयपुरका अमृत झा रिहा भएका छन् । उनी बुधबार रिहा गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।झालाई नेपाल फर्काउनको लागि तेहरानस्थित नेपाली अनररी कन्सुल जनरल र नेपाली राजदूतावास दोहाबाट आवश्यक पहल जारी रहेको जनाकारी गराइएको छ ।दुबईको एक पानी जहाज कम्पनीमा क्याप्टेनका रूपमा काम गर्दै आएका उनलाई तेल लिएर फर्किने क्रममा पक्राउ गरिएको थियो ।

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • 227 पटक पढिएको
  • यस्तो छ, आजको लागि विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलरको मूल्यमा वृद्धि भएको छ । आजका लागि अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ १० पैसा र बिक्रीदर १४९ रुपैयाँ ७० पैसा तोकिएको छ ।युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ५९ पैसा र बिक्रीदर १७६ रुपैयाँ २९ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ९५ पैसा र बिक्रीदर २०२ रुपैयाँ ७६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ ४८ पैसा र बिक्रीदर १९१ रुपैयाँ २५ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ४१ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८३ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ

    • प्रकाशित मितिः वैशाख ३, २०८३
    • 191 पटक पढिएको
  • हिन्द महासागरमा डुंगा पल्टिँदा २५० आप्रवासी बेपत्ता

    एजेन्सी— संयुक्त राष्ट्रसंघीय शरणार्थी तथा आप्रवासन निकायका अनुसार उत्तरपूर्वी हिन्द महासागरस्थित अन्डमान सागरमा डुंगा पल्टिँदा बालबालिकासहित २५० रोहिंग्या र बंगलादेशी बेपत्ता भएका छन्।समाचार एजेन्सीहरूका अनुसार बंगलादेशबाट मलेसिया जाँदै गरेको ट्रलर (माछा मार्ने डुंगा) तीव्र हावा, खतरनाक समुद्री अवस्था र अत्यधिक भिडभाडका कारण डुबेको हो। बंगलादेश तटरक्षकले एएफपी समाचार एजेन्सीलाई बताएअनुसार अप्रिल ९ मा उनीहरूको एउटा जहाजले नौ जनालाई डुंगाबाट उद्धार गरेको थियो। यद्यपि डुंगा कहिले पल्टियो भन्ने कुरा अझै स्पष्ट छैन।म्यानमारको अल्पसंख्यक समुदाय रोहिंग्या २०१७ मा भएको हिंसात्मक कारबाहीपछि ठुलो

    • प्रकाशित मितिः वैशाख २, २०८३
    • 537 पटक पढिएको
  • इरानसँगको युद्ध अन्त्यको नजिक रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

    काठमाडौं— अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्व अन्त्यको नजिक रहेको बताएका छन् । फक्स न्युजसँगको अन्तर्वार्तामा राष्ट्रपति ट्रम्पले पश्चिम एसियामा जारी शत्रुता समाप्त गर्न भइरहेको वार्तामा केही अवरोध देखिए पनि स्थिति सकारात्मक रहेको र इरान सम्झौताका लागि निकै उत्सुक रहेको दाबी गरे ।अमेरिका रणनीतिक रूपमा निकै बलियो अवस्थामा रहेको उल्लेख गर्दै उहाँले तेहरानले वार्तामार्फत छिट्टै समाधान खोज्ने विश्वास व्यक्त गरेका छन् ।यसैबीच, वासिङ्टन र तेहरानबीच इस्लामावादमा दोस्रो चरणको वार्ता हुने सम्भावनाको चर्चा सुरु भएको छ । सिएनएनका अनुसार अमेरिकी उपराष्ट्रपति जेडी भान्सको नेतृत्वमा हुन स

    • प्रकाशित मितिः वैशाख २, २०८३
    • 505 पटक पढिएको
  • आईपीएलः चेन्नईसँग कोलकाता ३२ रनले पराजित

    काठमाडौं— इन्डियन प्रिमियर लिग (आईपीएल) मा चेन्नई सुपर किंग्स विजयी भएको छ ।मंगलबार भएको खेलमा चेन्नई सुपर किंग्सले कोलकाता नाइट राइडर्सलाई ३२ रनले पराजित गरेको हो ।टस हारेर ब्याटिङमा आएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाई १९२ रन बनाएको थियो ।चेन्नईका लागि ओपनर सन्जु सामसनले सर्वाधिक ४८ रन बनाए । उनले ३२ बल खेली ४ चौका र ३ छक्का प्रहार गरे । ओपनर एवं कप्तान रितुराज गायकवाड ७ रनमै आउट भए ।आयुष महात्रेले ३८ रन बनाए । उनले १७ बलमा ६ चौका र २ छक्का प्रहार गरे। डेवाल्ड ब्राभिसले २९ बल खेल्दै ४ चौका र २ छक्कासहित ४१, सरफराज खानले १८ बलमा १ चौका र २ छक्कासहित २३ रन बनाए ।१९३ रनको लक्ष्य पाएको कोलकाताले

    • प्रकाशित मितिः वैशाख २, २०८३
    • 432 पटक पढिएको
  • गृहमन्त्री गुरुङ र राजदूत माओमिङबीच शिष्टाचार भेट, नेपाल–चीन सम्बन्ध सुदृढ बनाउनेमा जोड

    काठमाडौं— गृहमन्त्री सुधन गुरुङ र नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत चाङ माओमिङ बीच शिष्टाचार भेटघाट सम्पन्न भएको छ ।गृह मन्त्रालयमा आज भएको उक्त भेटमा राजदूत माओमिङले गृहमन्त्री गुरुङलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे।भेटका क्रममा गृहमन्त्री गुरुङले नेपाल ‘एक चीन नीति’ प्रति प्रतिबद्ध रहेको स्पष्ट पार्दै नेपाली भूमिमा चीनविरोधी गतिविधि हुन नदिने विषयमा सरकार सजग रहेको जानकारी दिए । साथै उनले नेपालको सार्वभौमसत्ता, स्वाधीनता र भौगोलिक अखण्डताको सुरक्षा गर्न सरकार सक्षम रहेको उल्लेख गरे ।त्यस्तै, नेपालमा भिसा अवधि सकिएर अवैध रूपमा बसिरहेका चिनियाँ नागरिकलाई निष्कासन गर्ने

    • प्रकाशित मितिः चैत ३०, २०८२
    • 573 पटक पढिएको
  • अमेरिका र इरानलाई युद्धविराम कायम राख्न पाकिस्तानको आग्रह

    काठमाडौं— पाकिस्तानले अमेरिका र इरानलाई युद्धविरामप्रतिको प्रतिबद्धता कायम राख्न र दिगो शान्ति हासिल गर्ने प्रयास जारी राख्न आग्रह गरेको छ।‘पाकिस्तानका तर्फबाट युद्धविराम कायम गर्न र मध्यस्थकर्ताको भूमिकामा पाकिस्तानका प्रयासहरूको कदर गरेकोमा म दुवै पक्षप्रति आभार व्यक्त गर्न चाहन्छु। हामी आशा गर्छौँ कि दुवै पक्षले सकारात्मक भावना कायम राख्दै सम्पूर्ण क्षेत्र र त्यसपछिका लागि दिगो शान्ति र समृद्धि हासिल गर्न प्रयास जारी राख्नेछन्,’ पाकिस्तानका परराष्ट्रमन्त्री इसाक दारको भनाइ उधृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि था

    • प्रकाशित मितिः चैत २९, २०८२
    • 491 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.