काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्वीटजरल्याण्डका सङ्घीय विदेशमन्त्री इग्नाजिओ डानियल जिओभान्नी क्यासिसले आज शिष्टाचार भेट गरेका छन् ।प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुई देशबीचको मित्रवात सम्बन्धलाई अझ मजबुद बनाउँदै विकासका क्षेत्रमा सहकार्य जारी राख्ने विषयमा छलफल भएको थियो । मन्त्री क्यासिसले नेपालको विकास, सङ्घीयता सबलीकरण, संक्रमणकालीन न्याय, जलवायु परिवर्तन, विपद् जोखिम व्यवस्थापनका क्षेत्रमा आफ्नो सहयोग निरन्तर रहने बताए । प्रधानमन्त्री ओलीले नेपालमा लामो समय हिंसात्मक र अस्थिर राजनीति रहे पनि अहिले दुुई ठुला दलको सहकार्यमा विकास, सुशासन र लोकतान्त्रिक प्र
काठमाडौं – अमेरिकाको टेक्सास हिल कन्ट्रीमा आएको विनाशकारी बाढीले कम्तीमा ८२ जनाको ज्यान गएको छ। अधिकारीहरूका अनुसार ८२ जनाको ज्यान गएको छ भने ४१ जना अझै बेपत्ता छन्। टेक्सासको विनाशकारी बाढीले विभिन्न काउन्टीहरूमा ठूलो जनधनको क्षति पु¥याएको छ। केर काउन्टीमा सबैभन्दा बढी ६८ जनाको मृत्यु भएको छ। ट्राभिस काउन्टीमा ६ जना, बर्नेट काउन्टीमा ३ जना, केन्डल काउन्टीमा २ जना, विलियमसन काउन्टीमा २ जना र टम ग्रीन काउन्टीमा १ जनाको मृत्यु भएको पुष्टि भएको छ।स्थानीय समयानुसार शुक्रबार बिहान ग्वाडालुप नदीमा बाढी आएको थियो। केर काउन्टीको क्याम्प मिस्टिक, बालबालिकाको ग्रीष्मकालीन शिविरबाट करिब एक दर्ज
नयाँ दिल्ली, २३ असार । उत्तर प्रदेशको मैनपुरीमा एउटा परिवारको यस्तो घटना बाहिर आएको छ, जसलाई सुनेर मानिसहरु दुखी मात्र नभएर पत्याउन पनि मुस्किल परिरहेको छ । वास्तवमा १७ वर्षमा यस परिवारका १० जनाले आत्महत्या गरिसकेका छन्, पछिल्लो शुक्रबार थप एकजनाले आत्महत्या गरे पछि यो समग्र घटना बाहिर आएको हो ।गत शुक्रबार एकै परिवारका १८ वर्षीय जितेन्द्रले रुखमा झुण्डिएर आत्महत्या गरे । कालो जामुन खान मन लागेको भन्दै बहिनीको स्कार्फ बोकेर घरबाट निस्केका थिए तर साँझसम्म पनि नआएपछि बुवाले खोज्न थाले । नजिकैको गाउँको सिमानामा रहेको जामुनको रुखमा बहिनीको दुपट्टाले झुण्डिएको अवस्थामा उनको शव फेला परेको थियो । यसपछ
एजेन्सी – चिनियाँ अटो ब्रान्ड बीवाइडीले आफ्नो उत्पादन ब्राजिलमा विस्तार गरेको छ । पहिलो पटक ब्राजिल निर्मित कारहरू सार्वजनिक गर्दै बीवाइडीले आफ्नो उत्पादन ब्राजिलमा डेब्यू गराएको हो । हालै ब्राजिलमा रहेको आफ्नो नयाँ प्लान्टबाट पहिलो बीवाइडीका इलेक्ट्रिक कारहरू सार्वजनिक गरेको हो । हाल कम्पनीका सवारी साधनहरू अझै पनि प्रायः चीनबाट एसेम्बल हुने गरेका थिए । तर बीवाइडीले समयसँगै स्थानीय उत्पादन र पार्टपुर्जा सोर्सिङलाई निरन्तर बढाउने योजना अनुरुप ब्राजिलमा काम सुरु गरेको हो । ‘हामी स्थानीय अधिकारीहरू र उद्योगहरूसँग नजिकबाट काम गरिरहेका छौं । ताकि उनीहरूलाई अद्यावधिक प्रविधिहरू प्राप्त गर्
एजेन्सी – अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको न्यु जर्सीस्थित बेडमिन्स्टर गल्फ कोर्समाथिको आकाशमा आइतबार एक गैरसैन्य (नागरिक) विमान अनधिकृत रूपमा प्रवेश गरेपछि अमेरिकी वायु सुरक्षा निकायले एफ–१६ लडाकू विमान परिचालन गरेको छ।उक्त लडाकू विमान उत्तर अमेरिकी एयरोस्पेस डिफेन्स कमान्ड (NORAD) ले पठाएको हो। एफ–१६ ले विशेष ‘हेडबट मानेउभर’ नामक रणनीति प्रयोग गरेर नागरिक विमानका चालकको ध्यान खिचेको र त्यसपछि विमानलाई सुरक्षित रूपमा प्रतिबन्धित हवाई क्षेत्रबाहिर लैजिएको जनाइएको छ।राष्ट्रपति ट्रम्प अहिले न्यु जर्सीमा सप्ताहान्त बिताइरहेका छन्। त्यस क्षेत्रमा सुरक्षा कारण अस्थायी उडान निषेध (TF
एजेन्सी— अमेरिकाको टेक्सस राज्यमा आएको बाढीका कारण कम्तीमा ५१ जनाको मृत्यु २७ जना व्यक्ति हराइरहेको बताइएको छ ।ग्वादालुप नदीमा आएको बाढीले राज्यको मध्यभागमा व्यापक क्षति पुर्याएको एनबीसी न्युजले खबर दिएको छ ।खोजी तथा उद्धार कार्य जारी रहेको अधिकारीहरूले जनाएका छन् । खोजीकर्ताहरूले हेलिकप्टर, डुंगा र ड्रोनको सहायताले पीडितहरूलाई खोजिरहेका छन् । सडक बगेपछि क्याम्पहरूमा एक्लिएका व्यक्ति र रुखमा बसेर ज्यान जोगाइरहेका व्यक्तिलाई उद्धार गर्न खोजिएको छ ।केर काउन्टीमा बाढीले सबभन्दा बढी क्षति गरेको छ । बालिकाहरूको समर क्याम्प चलेको स्थान क्याम्प मिस्टिकमा बाढी पसेपछि २७ जना बालबालिका हराएका छन्
गाजा— गाजामा इजरायली सेनाले शनिबार विभिन्न क्षेत्रमा गरेको हवाई आक्रमणमा कम्तीमा १९ जना प्यालेस्टिनीको मृत्यु भएको छ । आक्रमणमा दर्जनौँ घाइते भएका छन् । प्यालेस्टिनी समाचार एजेन्सी ‘वफा’ का अनुसार गाजा सहरको अल—जर्का क्षेत्रमा गरिएको आक्रमणमा एक जनाको मृत्यु भएको छ भने अन्य धेरै घाइते भएका छन् । यसैगरी, गाजाको अस्कौला क्षेत्रमा रहेको एक विद्यालयमा गरिएको बम आक्रमणमा पाँच जनाको ज्यान गएको र आवासीय भवनहरू क्षतिग्रस्त भएको जनाइएको छ ।मध्य गाजामा रहेको अल—बुरेज शरणार्थी शिविरमा इजरायली ड्रोनले निशाना बनाउँदा दुई जनाको मृत्यु भएको छ । अल-माघाजी शिविरमा पनि आक्रमणपछि दुई जनाको शव अस्पतालम
काठमाडौं— इन्डोनेसियाको बालीमा डुंगा पल्टिँदा चार जनाको मृत्यु भएको छ। गएराति केएमपी टुना प्राटामा जया नामको डुंगा बाली र जाभा टापुको बीचमा रहेको साँघुरो जलमार्गमा पल्टिएर डुबेको हो।अमेरिकी मिडिया सिएनएनका अनुसार डुंगा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने ३८ जना अझै हराइरहेका छन्। २३ जनाको उद्धार गरिएको छ।डुंगामा ५३ यात्रु, १२ चालक दलका सदस्य र १४ वटा ट्रकसहित २२ सवारी साधन थिए।डुंगा पूर्वी जाभाको केटापाङ बन्दरगाहबाट ५० किलोमिटर टाढा बालीको गिलिमानुक बन्दरगाहतर्फ जाँदै थियोडुंगा प्रस्थान गरेको करिब आधा घण्टामै डुबेको त्यहाँको राष्ट्रिय खोज तथा उद्धार एजेन्सीलाई उद्धृत गरेर सिएनएनले जनाएक
एजेन्सी – इटलीको मिलान फेशन वीकमा प्राडा ब्रान्डका मोडलहरूले छालाको चप्पल लगाएर र्याम्पमा हिँडेपछि भारतमा विवाद चर्किएको छ।अष्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशन (ABC) का अनुसार, ती चप्पल भारतको महाराष्ट्रस्थित प्रसिद्ध कोहलपुरी चप्पलसँग हुबहु मिल्ने भन्दै भारतीयहरू सामाजिक सञ्जालमा आक्रोशित भएका छन्।भारत सरकारले सन् २०१९ मा कोहलपुरी चप्पललाई "भौगोलिक संकेत" (GI Tag) प्रदान गर्दै यसको उत्पत्ति कोहलपुरमै भएको आधिकारिक मान्यता दिएको थियो।भारतको एमआईटी इन्स्टिच्युट अफ डिजाइनकी उपप्राध्यापक आर्शिया कपूरले प्राडाको चप्पललाई “सांस्कृतिक चोरी” को उदाहरण भन्दै कडा आलोचना गरेकी छन्। उनका अनुसार
वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी केन्द्रीय बैंक (फेडरल रिजर्भ) का अध्यक्ष जेरोम पावेलको राजीनामा माग गरेका छन्।ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोशल मा पोस्ट गर्दै लेखेका छन्, "धेरै ढिला भइसक्यो, उनले तुरुन्तै राजीनामा दिनुपर्छ!"ट्रम्पले आफ्नो पहिलो कार्यकालमै पावेललाई फेडको अध्यक्ष पदमा मनोनीत गरेका थिए। तर, ब्याजदर नघटाएको भन्दै उनले पावेलको बारम्बार आलोचना गर्दै आएका छन्।यद्यपि राष्ट्रपति ट्रम्पसँग पावेललाई पदबाट हटाउने स्पष्ट अधिकार छ कि छैन भन्ने विषय प्रस्ट छैन।यसअघि वर्षको सुरुमा ट्रम्पले पावेललाई बर्खास्त गर्ने योजना नरहेको बताएका थिए, तर पछिल्लो अभिव्यक्
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.