स्विट्जरल्याण्ड । अमेरिका र इरानबीचको बहुप्रतीक्षित वार्ता आइतबारबाट स्विट्जरल्याण्डमा सुरु हुने भएको छ। वार्ताका लागि अमेरिकी उपराष्ट्रपति जेडी भान्स स्विट्जरल्याण्ड पुगिसकेका छन् भने इरानी टोलीको नेतृत्व मोहम्मद बाकेर गालिबाफले गरिरहेका छन्।वार्तामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पकाका विशेष दूत स्टिभ विटकफ र जारेड कुशनर पनि सहभागी हुने बताइएको छ।

यसअघि शुक्रबार तय गरिएको वार्ता अन्तिम समयमा स्थगित भएको थियो। तर लेबननमा युद्धविरामको प्रयास अघि बढेसँगै दुवै पक्ष पुनः संवादको टेबलमा फर्किएका हुन्।

वार्ताको मुख्य एजेन्डामा इरानको आणविक कार्यक्रम, प्रशोधित युरेनियमको व्यवस्थापन, क्षेत्रीय सैन्य तनाव अन्त्य तथा दीर्घकालीन शान्ति सम्झौताको खाका तयार पार्ने विषय रहेका छन्। दुवै पक्षले ६० दिनभित्र अन्तिम सहमतिमा पुग्ने लक्ष्य राखेका छन्।

स्विट्जरल्याण्डमा सुरु हुन लागेको यो वार्तालाई मध्यपूर्वको बदलिँदो शक्ति सन्तुलन र क्षेत्रीय शान्तिका लागि महत्वपूर्ण कूटनीतिक प्रयासका रूपमा हेरिएको छ।