एजेन्सी। बेलायतका प्रधानमन्त्री तथा लेबर पार्टीका नेता किर स्टार्मर ले पदबाट राजीनामाको घोषणा गरेका छन्। सन् २०२४ को चुनावमा ऐतिहासिक जित दिलाएका स्टार्मर दुई वर्ष नपुग्दै नेतृत्वबाट बाहिरिने निर्णयमा पुगेका हुन्।

बढ्दो जनअसन्तुष्टि, नीतिगत यू–टर्न र पार्टीभित्रको दबाबका बीच उनले लेबर पार्टीको नेतृत्व छाड्ने घोषणा गरेका छन्। भावुक सम्बोधन गर्दै स्टार्मरले आफूले लिएका सबै निर्णय देशको हितका लागि भएको बताएका छन्।

लेबर पार्टीले जुलाईबाट नयाँ नेता चयन प्रक्रिया सुरु गर्ने भएको छ। नयाँ नेता चयन नभएसम्म स्टार्मर नै प्रधानमन्त्री पदमा रहनेछन्। 

ऐतिहासिक जित दिलाएका प्रधानमन्त्री दुई वर्ष नपुग्दै बाहिरिए पछि बेलायती राजनीतिमा नयाँ शक्ति संघर्ष सुरु भएको छ ।