बेइजिङ । नेपाल–चीन सीमा नजिक तिब्बतको केरुङ क्षेत्रमा आएको बाढी र पहिरोपछि चीनले उद्धार तथा राहतलाई तीव्र बनाउने तयारी गरेको छ।विपद्को अवस्था, बेपत्ताको खोजी र थप क्षति रोक्ने विषयमा चिनियाँ राष्ट्रपति सी चिनफिङले उच्चस्तरीय बैठकको अध्यक्षता गरेका छन्। बैठकमा प्रभावित क्षेत्रमा उद्धार टोली परिचालन, जोखिममा रहेका नागरिकको स्थानान्तरण र घाइतेको उपचारलाई प्राथमिकता दिने विषयमा छलफल भएको छ।बैठकअघि सीसहित चिनियाँ नेतृत्वले केरुङ बन्दरगाह क्षेत्रमा भएको विपद्मा ज्यान गुमाएकाप्रति एक मिनेट मौनधारण गर्दै श्रद्धाञ्जली अर्पण गरेका थिए।बाढी र पहिरोका कारण केरुङ क्षेत्रमा सडक, सञ्चार र विद्युत् संरचनामा क
काठमाडौं । नेपाल र चीन दुवैतर्फ विनाशकारी बाढी–पहिरोले ठूलो क्षति पुर्याइरहेका बेला चिनियाँ प्रधानमन्त्री लि छ्याङ बाढी प्रभावित चिनियाँ क्षेत्रमा पुगेका छन्। नेपालस्थित चिनियाँ दूतावासका अनुसार उनी बिहीबार प्रभावित क्षेत्रको स्थलगत अवस्थाबारे जानकारी लिन पुगेका हुन्।बुधबार आएको भीषण बाढीपहिरोपछि नेपालतर्फ मात्रै करिब १०० चिनियाँ नागरिक सम्पर्कविहीन रहेको चीनले जनाएको छ। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले बिहीबारको नियमित पत्रकार सम्मेलनमा नेपालमा विपद्मा परेका करिब १०० चिनियाँ नागरिक बेपत्ता रहेको जानकारी दिएका हुन्।नेपालतर्फ बाढीले रसुवा, नुवाकोट र आसपासका क्षेत्रमा ठूलो क्षति प
काठमाडौं / भोटेकोशी नदीमा बुधबार आएको भिषण बाढीले गर्दा रसुवागढी नाका समेत अब अनिश्चिीत समयका लागि ठप्प भएको छ । बाढीका कारण चीनबाट नेपाल भित्रिने सयौं कन्टेनर सामान बगेका छन् । नाका अबरुद्ध हुँदा दशैं–तिहार लक्षित वस्तुको आपूर्तिमा दबाब पर्न सक्ने नेपाल हिमालय सीमापार वाणिज्य संघले जनाएको छ । संघका महासचिव रामचन्द्र पराजुलीले बाढीले मानवीय क्षति सबैभन्दा ठूलो विषय भए पनि व्यापारिक हिसाबले पनि ठूलो क्षति पुगेको बताए । उनका अनुसार नाकामा ५०० भन्दा बढी सामान बोकेका कन्टेनर बगेका हुन् ।‘दैनिक उपभोग्य वस्तुदेखि इलेक्ट्रोनिक्स, विद्युतीय सवारी (इभी) लगायतका विभिन्न सामान कन्टेनरमा थिए,‘ उनले भ
काठमाडौं / रसुवाको भोटेकोशी बाढीले देशलाई संकटमा पारेपछि प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठकमार्फत भारत र चीनसँग औपचारिक रूपमा सहयोगको आग्रह गरेलगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालतर्फ हात बढाएका छन्।प्रधानमन्त्री शाहसँग टेलिफोन संवाद गर्दै मोदीले बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। उनले कठिन अवस्थामा भारत नेपालसँगै रहेको र सम्भव सबै मानवीय सहायता उपलब्ध गराउन तयार रहेको बताएका छन्। बालेन सरकारले पहिलोपटक संकटको घडीमा छिमेकी मुलुकसँग औपचारिक रूपमा सहयोग माग्दै भारत र चीन दुवैतर्फ सहकार्यको ढोका खोलेको थियो। त्यसलगत्तै दिल्लीबाट आएको मोदीको फोन
काठमाडौं / रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले नेपालमा विनाश मच्चाइरहँदा यसको प्रभाव सीमापारि चीनको तिब्बततर्फ पनि देखिएको छ। चिनियाँ सरकारी सञ्चारमाध्यमले तिब्बतको ग्यिरोङ क्षेत्रमा पहिरोबाट ठूलो क्षति भएको र केही मानिस सम्पर्कविहीन भएको जनाएको छ। नेपालतर्फको बाढीले रसुवागढी नाका आसपासका सडक, पुल, बस्ती र जलविद्युत् संरचना बगाउँदा उता चीनतर्फ पनि ग्यिरोङ बन्दरगाह क्षेत्रमा सडक, विद्युत् तथा सञ्चार सेवामा अवरोध आएको चिनियाँ समाचार संस्था सिन्ह्वालगायतका सञ्चारमाध्यमले जनाएका छन्।चिनियाँ सञ्चारमाध्यमले नेपालतर्फबाट आएको विपद्का कारण ग्यिरोङ बन्दरगाह क्षेत्रमा पहिरोको अवस्था बनेको र मानवीय
काठमाडौं / रसुवाको भोटेकोशी बाढीले नेपालभित्र संकट निम्त्याइरहेका बेला प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले भारत र चीनसँग औपचारिक रूपमा सहयोगको हात बढाएपछि दुवै छिमेकीबाट सकारात्मक प्रतिक्रिया आउन थालेको छ। यही घटनाले भारत र चीनसँगको सम्बन्ध सम्हाल्न नसकेको आरोप खेपिरहेका बालेन सरकारलाई कूटनीतिक सम्बन्धलाई नयाँ उचाइ दिने अवसरसमेत दिएको छ। बाढीपछि सरकारले तत्काल उद्धार र राहतका लागि छिमेकी मुलुकसँग सहयोग मागेको छ। चीनतर्फ राष्ट्रपति सी चिनफिङले खोज तथा उद्धार तीव्र पार्न निर्देशन दिएका छन् भने भारततर्फ पनि सम्भावित बाढीको जोखिमलाई ध्यानमा राख्दै प्रशासन सक्रिय भएको छ।यसअघि बालेन स
काठमाडौं / इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल) को १५०१ औँ जन्मजयन्ती आज मनाइँदैछ । विभिन्न कार्यक्रम आयोजना गरी मोहम्मदको जन्म जयन्ती पर्व मनाउन लागेको हो । मोहम्मद जयन्ती मुस्लिम समुदायले श्रद्धा र उत्साहका साथ मनाउने एउटा महत्त्वपूर्ण पर्व हो । नेपाली मुस्लिम समुदायहरुले यस पर्वलाई ‘मोहम्मद डे’ भनेर पनि मनाउने गरिएको पाइएको छ । यस दिन मुस्लिम धर्मावलम्बीहरू खुसी व्यक्त गर्दै हजरत मोहम्मदका शिक्षाको स्मरण गर्छन् । मस्जिदमा कुरान पाठ गर्ने, सामूहिक भोजन गर्ने तथा एक—अर्कामा शुभकामना आदानप्रदान गर्ने गर्दछन्। मुस्लिम समुदायको सन्देष्टाका रूपमा मोहम्मदलाई म
काठमाडौं / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले साउदी अरेबियासँगको नागरिक आणविक ऊर्जा सम्झौता कांग्रेसमा पेश गरेसँगै पश्चिम एसियाको ऊर्जा बजारमा अमेरिका, चीन र रुसबीचको प्रतिस्पर्धा थप तीव्र हुने संकेत देखिएको छ ।३० वर्षका लागि प्रस्तावित ‘१२३ सम्झौता’ लागू भए अमेरिकी कम्पनीहरूले साउदी अरेबियामा एपी–१००० प्रविधिमा आधारित आणविक रिएक्टर निर्माण तथा आणविक पूर्वाधार विकासमा प्रत्यक्ष सहभागिता पाउनेछन् । यसलाई अमेरिकी आणविक उद्योगका लागि ठूलो व्यावसायिक अवसरका रूपमा हेरिएको छ ।साउदी अरेबिया तेलमा निर्भर अर्थतन्त्रलाई विविधीकरण गर्ने ‘भिजन २०३०’ रणनीतिअन्तर्गत वैकल्पिक ऊर्जा विस्तारमा जु
एजेन्सी । केही मोटरसाइकल चालकका लागि आफ्नो मोटरसाइकलको वास्तविक परीक्षण सडक सकिएपछि सुरु हुन्छ । चेक गणतन्त्रको भिलानेकमा हुने यस्तो परीक्षणमा हिलो, ढुंगा, ठाडो उकालो र तीव्र गतिसँग जुध्नुपर्छ । त्यही ट्र्याकमा युरोपेली ¥याली च्याम्पियन टोमास भालाल पनि नयाँ मोटरसाइकल परीक्षण गरिरहेका छन्। यस पटक उनी चिनियाँ कम्पनी सीएफमोटोले निर्माण गरेको मोटरसाइकलमा प्रतिस्पर्धा गर्दैछन्।युरोपेली -याली च्याम्पियन टोमास भालाल भन्छन्,‘यसको डिजाइन निकै राम्रो, कम्प्याक्ट र हलुका छ। यो भारी छैन।’युरोपमा सीएफमोटो च्यालेन्ज आयोजना हुन थालेको यो दोस्रो वर्ष हो। चेक गणतन्त्र र स्लोभाकियामा हुने छनोट प्रतियोगिताबाट उत
काठमाडौं । अमेरिकाले सिरियालाई ४७ वर्षपछि ‘आतंकवाद प्रायोजक राष्ट्र’को सूचीबाट हटाएको छ । सन् १९७९ मा यो सूचीमा राखिएको सिरियालाई अमेरिकी विदेशमन्त्री मार्को रुबियोले औपचारिक रूपमा सूचीबाट हटाएका हुन्। अमेरिकाले यो निर्णयले सिरियाको अर्थतन्त्र सुधार गर्न र विदेशी लगानी भित्र्याउन सहयोग पुग्ने जनाएको छ । युद्धका कारण ठूलो क्षति बेहोरेको सिरियामा अब पुनर्निर्माणका लागि विदेशी लगानी बढ्ने अमेरिकी अधिकारीहरूको अपेक्षा छ। सिरियालाई अन्तर्राष्ट्रिय अर्थतन्त्रमा जोड्न पनि यो निर्णय महत्वपूर्ण हुने बताइएको छ ।अमेरिकाले राष्ट्रपति अहमद अल–शराको नेतृत्वमा सिरियाले आतंकवादी समूहविरुद्ध कारबाही अघि बढाएको
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.