विदेश

    Showing 11-20 of 1,576 items.
  • भेनेजुएलामाथिको अमेरिकी आक्रमण घोर अपराध होः झलनाथ खनाल

    काठमाडौं— पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिष्ट पार्टीका वरिष्ठ नेता झलनाथ खनालले भेनेजुएलामाथि अमेरिकाले गरेको आक्रमणको कडा निन्दा र भत्र्सना गरेका छन्।उनले उक्त घटनालाई स्वतन्त्र राष्ट्रको सार्वभौमिकतामाथिको ठाडो उल्लङ्घन, अन्तर्राष्ट्रिय कानुनको खिल्ली र राज्य आतंकवादको उदाहरण भएको बताएका छन्।जारी वक्तव्यमा खनालले अमेरिकी ट्रम्प प्रशासनअन्तर्गत डेल्टा फोर्सद्वारा करिब १५० लडाकु विमान प्रयोग गरी भेनेजुएलामाथि गरिएको आक्रमणमा सर्वसाधारण र सैनिकको ज्यान गएको, सैनिक संरचना ध्वस्त पारिएको तथा निर्वाचित राष्ट्रपति निकोलास मादुरो र प्रथम महिला सिलिया फ्लोरेसलाई जबरजस्ती अपहरण गरी अमेरिका लगिएको

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 326 पटक पढिएको
  • भेनेजुएलाका राष्ट्रपति मादुरोलाई अमेरिकाले न्युयोर्क पुर्‍यायो

    एजेन्सी । अमेरिकाले भेनेजुएलामा आक्रमण गरी आफ्नो कब्जामा लिएका भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई अमेरिका लगेको छ ।बीबीसीका अनुसार मादुरो र उनकी पत्नी न्युयोर्क राज्यको स्ट्यगबचत एयर नेसनल गार्ड बेसमा अवतरण गरेका हुन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पहिले मादुरोको आँखामा पट्टी बाँधिएको जहाजभित्रको तस्बिर सेयर गरेका थिए ।अमेरिकी सञ्चारमाध्यमका रिपोर्टहरूका अनुसार, भेनेजुएलाका राष्ट्रपति मादुरो न्युयोर्क पुगेपछि उनी हेलिकोप्टरमार्फत म्यानह्याटनको वेस्टसाइड हेलिपोर्टमा लगिनेछन् ।त्यहाँबाट अमेरिकी ड्रग एनफोर्समेन्ट एडमिनिस्ट्रेसनको मुख्यालयमा ब्रुकिलिङका लैजाने बताइएको छ । मादुरोलाई न्य

    • प्रकाशित मितिः पुस २०, २०८२
    • 163 पटक पढिएको
  • कतारले दियो १३ जना नेपाली कैदीलाई आममाफी

    काठमाडौं— कतार सरकारले आफ्नो राष्ट्रिय दिवस तथा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसर पारेर १३ जना नेपाली नागरिकलाई आममाफी दिएको छ। कतारका विभिन्न जेलमा सजाय भोगिरहेका नेपालीलाई मानवीय आधारमा आममाफी दिइएको परराष्ट्र मन्त्रालयले जनाएको छ।परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा आममाफी प्रदान गरेकामा कतार सरकारप्रति धन्यवाद व्यक्त गरिएको छ। मन्त्रालयले यस कदमलाई उच्च प्रशंसा गरेको छ।विज्ञप्तिमा नेपाल र कतार राज्यबीचको सुदृढ द्विपक्षीय सम्बन्ध, आपसी मित्रता र सौहार्दताको प्रतीकका रूपमा उक्त आममाफीलाई लिइएको उल्लेख छ। मानवीय आधारमा प्रदान गरिएको दयालु निर्णयले दुई देशबीचको सम्बन्धलाई थप म

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 350 पटक पढिएको
  • प्रहरीलाई ठक्कर दिएर भारतीय नागरिक फरार

    हेटौँडा— मदिरा सेवन (मापसे) गरी गाडी चलाइरहेका एक भारतीय नागरिकले ट्राफिक चेकजाँचका क्रममा प्रहरीलाई ठक्कर दिएर फरार भएका छन् ।हेटौँडा उपमहानगरपालिका क्षेत्रमा पर्ने राप्ती पुल नजिकै ट्राफिक प्रहरी कार्यालय अगाडि नियमित मापसे चेकजाँचका क्रममा सो घटना भएको हो । ट्राफिक प्रहरीले शंकास्पद भारतीय नम्बर प्लेटको कारलाई रोक्न संकेत गर्दा चालकले लेन मिच्दै तीव्र गतिमा गाडी चलाएर प्रहरीमाथि ठक्कर दिएका थिए ।ठक्करबाट चेकजाँचमा खटिएका एक ट्राफिक प्रहरी गाडीको अगाडिको भागमा अड्किएर करिब १० मिटर जति घिसारिएका थिए। घटनामा गम्भीर घाइते भएका प्रहरीलाई तत्काल उपचारका लागि हेटौँडास्थित अस्पतालमा भर्ना गरिएको छ

    • प्रकाशित मितिः पुस १८, २०८२
    • 364 पटक पढिएको
  • स्विस आल्प्समा बारमा आगलागी हुँदा धेरैको मृत्यु

    काठमाडौं— स्विस आल्प्सको क्रान्स-मोन्टाना सहरस्थित बारमा आगलागी हुँदा नयाँ वर्षको उत्सवका क्रममा मानिसहरूको मृत्यु र घाइते भएको प्रहरीले बिहीबार बिहान जनाएको छ ।स्थानीय प्रहरी प्रवक्ता गेटान लाथियनले भन्नुभयो, “आज बिहान १ः३० बजे ‘ले कन्स्टेलेसन’ नामक बारमा आगलागी सुरु भयो । भवनमा सयभन्दा बढी मानिस थिए र हामीले धेरै घाइते र धेरैको मृत्यु भएको देखिरहेका छौँ ।” आगलागीको कारण पत्ता लगाउन अनुसन्धान कर्ताले अनुसन्धान सुरु गरेका छन् । लाथियनले भन्नुभयो, “हामी भर्खरै अनुसन्धानको सुरुआतमै छौँ तर यो अन्तर्राष्ट्रिय ख्याति प्राप्त स्की रिसोर्ट भएकाले धेरै पर्यटक प्रभावित भएका छन् ।”प्रभावित परिवारका लागि

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 359 पटक पढिएको
  • बंगलादेशी पूर्व प्रधानमन्त्री खालिदा जियाको अन्त्येष्टि समारोहमा हजारौं नागरिक सहभागी

    काठमाडौं— बंगलादेशले पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको नमाज–ए–जानाजा आयोजना गरेको छ । बंगलादेशको राष्ट्रिय संसद भवनको साउथ प्लाजामा आयोजित अन्त्येष्टि कार्यक्रममा हजारौं नागरिक सहभागी भएका थिए र उनले आफ्ना प्रिय नेताको अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए ।बेगम खालिदाको अन्त्येष्टि नमाज बैतुल मुक्करम राष्ट्रिय मस्जिदका खतीबले सम्पन्न गराएका थिए भने बंगलादेश राष्ट्रिय जनता पार्टी (बीएनपी)का स्थायी समितिका सदस्य नज्रुल इस्लाम खानले कार्यक्रमको व्यवस्थापन गरेका थिए। नमाज–ए–जानाजापछि खालिदा जियालाई उनका पति, पूर्व राष्ट्रपति जियाउर रहमानको छेउमा, ढाकाको शेर–ए–बंगल नगरमा दफन गरिएको छ ।बंगलादेशक

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 378 पटक पढिएको
  • युएई र अस्ट्रेलियामा आतसबाजीसहित नयाँ वर्ष २०२६ को भव्य स्वागत

    काठमाडौं— संयुक्त अरब इमिरेट्स (युएई) र अस्ट्रेलियाले २०२६ नयाँ वर्षलाई भव्य बत्ती र आतसबाजी प्रदर्शनसहित स्वागत गरेका छन् । जनवरी १ को मध्यरातमा विश्वप्रसिद्ध स्थलहरूमा गरिएको आकर्षक उत्सवले आकाश उज्यालो बनाएको देखिएको थियो ।युएईको दुबईस्थित ८२८ मिटर अग्लो बुर्ज खलिफाले नयाँ वर्षको अवसरमा विशेष आकर्षण प्रस्तुत ग¥यो । मध्यरातको काउन्टडाउनसँगै टावरका एलईडी स्क्रिनहरूमा अरबी, अंग्रेजी र चिनियाँ भाषामा ‘ह्याप्पी न्यु इयर’ सन्देश झल्काइएको थियो ।करिब आठ मिनेट लामो यस दृश्यात्मक कार्यक्रममा ड्रोन प्रदर्शन र थ्रीडी प्रोजेक्सन म्यापिङमार्फत दुबईको सांस्कृतिक सम्पदा र अत्याधुनिक प्रविधिको झलक प्रस्तुत

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 388 पटक पढिएको
  • ब्राजिलका महान फुटबल खेलाडी रोबर्टो कार्लोसको आपतकालीन मुटुको शल्यक्रिया

    काठमाडौं— ब्राजिल फुटबलका महान खेलाडी रोबर्टो कार्लोसको आपतकालीन मुटुको शल्यक्रिया गरिएको छ । ५२ वर्षीय पूर्व लेफ्ट ब्याक कार्लोसलाई फुटबल इतिहासकै उत्कृष्ट डिफेन्डरमध्ये एक मानिन्छ । उनी २०२६ फिफा विश्वकप ड्रअमा सहभागितासहित व्यस्त कार्यक्रम सकेर ब्राजिल फर्किएपछि अस्पताल भर्ना भएका थिए । सुरुमा उनको खुट्टामा रगत जमेको आशंकामा जाँच गराइएको थियो ।तर, पूर्ण शरीरको एमआरआई परीक्षणका क्रममा मुटुसम्बन्धी समस्या पत्ता लागेपछि तत्काल शल्यक्रिया गर्नुपरेको थियो । सामान्यतया करिब ४० मिनेटमा सम्पन्न हुने यो शल्यक्रिया जटिलताका कारण झण्डै तीन घण्टा लागेको थियो, जसक्रममा मुटुमा ट्युब समेत जडान गरिएको थियो

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 336 पटक पढिएको
  • काठमाडौंमा पर्यटक एवं सर्वसाधारणमाथि लुटपाट गर्ने १२ जना पक्राउ

    काठमाडौं— काठमाडौं महानगरपालिका अन्तर्गत चाबहिल, गौशाला र तिलगंगा क्षेत्रमा पर्यटक र सर्वसाधारणमाथि बलजफती, प्रलोभन र अभद्र व्यवहार गरी लुटपाट गर्ने समूहलाई पक्राउ गरिएको छ ।प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले सूचना प्राप्त गरी कारबाही गर्दै १२ जनालाई नियन्त्रणमा लिएको जनाएको छ।पक्राउ पर्नेहरुमा नुवाकोट, विदुर नगरपालिका १३ घर भएका बर्ष २८ का अमृत खड्का, पर्सा, बहुदरमाई नगरपालिका विश्रामपुर घर भएका १९ वर्षका अकलेश साह, पर्सा, बहुदरमाई नगरपालिका विश्रामपुर नै घर भएका बर्ष ३१ का दिनेश पटेल, काभ्रेपलान्चोक, रोशी गाउँपालिका ६ घर भएका १९ वर्षका सुजन तामाङ, रोल्पा, माडी गाउँपालिकाका २२ वर्षका प्रविन

    • प्रकाशित मितिः पुस १६, २०८२
    • 347 पटक पढिएको
  • पाँच वर्षपछि पुनः सक्रिय नेपाल–भारत संयुक्त कृषि संयन्त्र, व्यापार र प्रविधिमा जोड

    काठमाडौं— नेपाल र भारतबीच कृषि क्षेत्रमा रणनीतिक सहकार्यलाई नयाँ गति दिने उद्देश्यसहित गठन गरिएको संयुक्त कृषि कार्यसमूहको नवौँ बैठक पाँच वर्षपछि काठमाडौंमा सम्पन्न भएको छ । सन् २०२० यता स्थगित रहेको यो उच्चस्तरीय संयन्त्र पुनः सक्रिय हुँदा दुवै देशले कृषि व्यापार, प्रविधि र अनुसन्धान सहकार्यलाई प्राथमिकतामा राखेका छन् ।सन् २०२५ डिसेम्बर २८ र २९ (२०८२ पुस १३ र १४) मा सम्पन्न दुई दिने बैठक सन् २०२५ अप्रिलमा नेपाल–भारतबीच भएको कृषि सहयोगसम्बन्धी नयाँ समझदारी पत्र कार्यान्वयनतर्फको पहिलो औपचारिक कदमका रूपमा हेरिएको छ । बैठकको सह–अध्यक्षता नेपाल सरकारका सह–सचिव डा. हरि बहादुर के।सी। र भारत सरकारका

    • प्रकाशित मितिः पुस १५, २०८२
    • 75 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा