विदेश

    Showing 1,861-1,870 of 2,133 items.
  • अफगानिस्तान : राजधानी काबुल बाहेक देशका प्रमुख सहरहरू तालिबानीको कब्जामा

    काठमाडौँ / अफगानिस्तानमा विद्रोही समूह तालिबानीले राजधानी काबुल बाहेक देशका मुख्य ठूला सहरहरु सबै कब्जा गरिसकेका छन् । बीबीसीका अनुसार तालिबानी समूहले पूर्वी सहर जलालावाद पनि आइतबार नियन्त्रणमा लिएका छन् । अफगान सरकारको पकडमा देशका प्रमुख सहरमध्ये अव राजधानी काबुल मात्रै बाँकी छ । तालिबानी लडाकुहरू राजधानी काबुल नजिकै पुगिसकेका छन् भने त्यो पनि कब्जामा लिने प्रयासमा छन्। तालिबान विद्रोहीले अहिले देशका अधिकांश क्षेत्रमा कब्जा गर्न सफल भएको छ । पछिल्लो हिंसाका कारण अफगानिस्तानमा साढे दुई लाख भन्दा बढी मानिस बिस्थापित भएका छन् । विस्थापित भएकाहरूमध्ये धेरै राजधानी का

    • प्रकाशित मितिः साउन ३१, २०७८
    • 184 पटक पढिएको
  • राहुल गान्धीसहित भारतीय कांग्रेसको ट्वीटर एकाउन्ट ‘अनलक’

    बिर्तामोड / सामाजिक सञ्जाल ट्वीटरले ६ दिनसम्म लक गरेको भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी र उनको पार्टीको आधिकारिक ट्वीटर एकाउन्ट अनलक गरिदिएको छ ।ट्वीटरले आफ्नो नियमको पालना गर्दै यी एकाउन्टहरू लक गरिएको जनाउदै अनलक गरेको छ  । ट्वीटरले कांग्रेस पार्टीसँग जोडिएका ५ हजार एकाउन्टहरू लक गरेको थियो । गान्धीले पछिल्लो समय बलात्कारपछि हत्या भएकी एक दलित बालिकाको दाहसंस्कारको तस्बिरमा पीडित परिवार सार्वजनिक गरेका थिए । त्यसयता कांग्रेस पार्टीसँग जोडिएका धेरै एकाउन्टहरू लक भएका हुन् । ट्वीटर अनलक भएपछि ट्वीटरमार्फत नै कांग्रेस पार्टीले पहिलो प्रतिक्रिया दिएको छ ।

    • प्रकाशित मितिः साउन ३०, २०७८
    • 170 पटक पढिएको
  • टर्कीमा बाढीमा परी २७ को मृत्यु

    काठमाडौँ / टर्कीमा बाढीमा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ । देशको उत्तरी क्षेत्रमा पर्ने सामुन्द्रिक तटीय क्षेत्रमा आएको बाढीमा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् ।बाढीमा परेर केही व्यक्ति अझै बेपत्ता रहेका र उनीहरूको खोजी तथा उद्धारको प्रयास भइरहेको छ । राष्ट्रपति रेसेप एड्रोगानले विनाशकारी बाढी पहिराको घटनाप्रति दुःख व्यक्त गर्दै आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । टर्कीमा बेलाबेलामा यस्तै प्राकृतिक प्रकोपका घटनाहरू भइरहने गरेका छन् । साथै जलवायु प्रदूषणका कारण पनि यस्ता घटनाहरू संसारभरि नै बढेको विज्ञहरूले बताएका छन् । 

    • प्रकाशित मितिः साउन २९, २०७८
    • 153 पटक पढिएको
  • अफगानिस्तानमा तालिवानद्वारा थप दुई सहर कब्जा

    काबुल(सिन्ह्वा) अफगानिस्तानमा तालिवान लडाकुको समुहले फेरी ठूला दुइ सहर कब्जा गरका छन् ।एकपछि अर्को शहरहरू कब्जा गरिरहेको तालिवान लडाकुहरूको समूहले शुक्रबार फेरी अर्का ठूला दुइ सहर कान्दहार र लस्कार गाह सहर  पनि कब्जा गरेका हुन् ।  शुक्रबार बिहान उनीहरूले सो कुरा सार्वजनिक गरेका हुन् ।दक्षिण अफगानिस्तानका यी दुई सहर तालिबानका लागि निकै महत्वपूर्ण विजय भएको लडाकुहरूले दाबी गरेका छन् । कान्दाहार सहर अफगानिस्तानको प्रमुख व्यापारिक केन्द्र हो । अफगानिस्तानमा जारी सङ्घर्षका बीचमा तालिबानले बिहीबार मुख्य सहर घाज्नी र हेरात पनि आफ्नो नियन्त्रणमा लिइएको बताएको थियो ।पछिल्ला दिनहरूमा

    • प्रकाशित मितिः साउन २९, २०७८
    • 195 पटक पढिएको
  • पहिरोमा परी १० जनाको मृत्यु, १४ घाइते

    काठमाडौँ / भारतमा पहिरोमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । हिमाञ्चल प्रदेशको एउटा राजमार्गमा गएको पहिरोमा परी उनीहरुको मृत्यु भएको हो । पहिरोमा अन्य ६० जना पुरिएको आशङ्का गरिएको छ ।भारत–तिब्बत सीमा सुरक्षा (आइटीबीपी)का अनुसार पहिरोमा पुरिएका १४ जना घाइतेलाई उद्धार गरिएको छ । 

    • प्रकाशित मितिः साउन २८, २०७८
    • 141 पटक पढिएको
  • भारतीय अभिनेता प्रकाश राज सुटिङको क्रममा लडेर घाइते

    मुम्बई//दक्षिण भारतीय फिल्मका अभिनेता प्रकाश राज चेन्नइमा मिथरण जवाहरको नयाँ फिल्म ‘डी ४४’को सुटिङका क्रममा लडेर घाइते भएका छन् ।उनि लडेर शरीरमा एउटा सानो फ्याक्चर भएको र सर्जरीका लागि आफ्नो डा। गुरुव रेड्डी साथीसँग हैदराबाद गएको साथै उनको  बारेमा चिन्ता लिनुपर्ने कुनै कारण नरहेको उनले  सामाजिक संजालमा आफ्नो लिखित भनाइ सार्वजनिक गर्दै बताएका छन्। दक्षिण भारतीय फिल्ममा अभिनयको पर्याय बनेका ५६ वर्षीया प्रकारी काशले पाँच पटक राष्ट्रिय पुरस्कार जितेका छन् ।उनले सबैजसो फिल्ममा भिलेनको भुमिका निभाएका छन् । 

    • प्रकाशित मितिः साउन २७, २०७८
    • 178 पटक पढिएको
  • अफगानिस्तानमा हजारौं मानिसहरू विस्तापित , आश्रयका लागि राजधानी काबुलमा

    एजेन्सी  / अफगानिस्तानमा  आन्तरिक विस्थापित भएका ठूलो सङ्ख्यामा  मानिसहरू लडाइ र तालिबानको शासन बाट बच्न राजधानी काबुलतिर लागेका छन्। काबुलमा स्थिति अपेक्षाकृत शान्त छ।मंगलबार, हजारौं मानिसहरू काबुल शहरमा खुला ठाउँमा भेला भएका थिए। अफगानिस्तानको ताखारको उत्तरी प्रान्तबाट भागेका एकजना व्यक्तिले तालिवानले कब्जा गरेको आफ्नो घरबाट कुनै सामान ल्याउन सकेनन ।एउटा कप सम्म पनि साथमा ल्याउन असमर्थ भएका ति व्यक्ति आफ्नो परिवारका सदस्यहरूको ज्यान बचाउन सफल भएकोमा खुसी देखिन्थे।यसैगरी स्थानीय तखारका अर्का व्यक्तिले उनी दुई दिन पहिले काबुल आइपुगेको जानकारी दिए। उनले प्रान्तमा लडाइ जारी रहेको

    • प्रकाशित मितिः साउन २७, २०७८
    • 150 पटक पढिएको
  • भारतमा २४ घण्टामा ३८ हजारभन्दा बढी सङ्क्रमित

    नयाँदिल्ली / भारतमा एकैदिनमा थप ३८ हजार ३५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ ।मन्त्रालयका अनुसार अहिले भारतमा सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ८६ हजार ३५१ रहेको छ । सरकारी अधिकारीले दिएको जानकारी अनुसार सक्रिय सङ्क्रमितको यो संख्या १४० दिनयताकै सबभन्दा कम हो ।पछिल्लो एक दिनमा सङ्क्रमण मुक्त भएकाको सङ्ख्या ४० हजार १३ रहेको छ । योसँगै भारतमा अहिलेसम्म तीन करोड १२ लाख २० हजार ९८१ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । कूल सङ्क्रमित मध्ये अहिलेसम्म सङ्क्रमण मुक्त भएकाको सङ्ख्या ९७.४५ प्रतिशत हो।भारतमा अहिलेसम्म कूल सङ्क्र

    • प्रकाशित मितिः साउन २७, २०७८
    • 184 पटक पढिएको
  • ब्राजिलमा एकै दिन एक हजार दुई सय ११ सङ्क्रमितको मृत्यु

    काठमाडौँ / ब्राजिलमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई सय ११ जनाको मृत्यु भएको छ । ब्राजिलमा सङ्क्रमणबाट ज्यान गुमाउने नागरिकको संख्या पाँच लाख ६४ हजार ७७३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३५ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सहित ब्राजिलमा कोरोनाबाट सङ्क्रमित हुने नागरिकको संख्या दुई करोडभन्दा बढी रहेको मन्त्रालयले जनाको छ ।ब्राजिलमा केही महिनाअघि कोरोना सङ्क्रमण दर घटेको भएपनि पछिल्ला केही महिनामा भने संक्रमण दर बढ्दै गएको देखिएको छ ।सरकारले कोरोना भाइरसविरुद्धको खोपलाई प्राथमिकतामा राखेर नागरिकलाई खोप दिने गरेको छ । ब्राजिल सरका

    • प्रकाशित मितिः साउन २७, २०७८
    • 169 पटक पढिएको
  • मेस्सी र पीएसजीबीच आज सम्झौता हुँदै

    काठमाडौँ / अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँगको सम्झौता आजै हुने भएको छ ।फ्रान्सेली वेवसाइट “एल इक्विपेमा” प्रकाशित समाचार अनुसार मेस्सी केही घण्टाभित्रै पेरिस पुग्ने र उनको मेडिकल चेकजाँच हुनेछ । फ्रि एजेन्ट मेस्सीले दुई वर्षका लागि पिएसजीसँग सम्झौताका लागि सहमति गर्नेछन् । थप एक वर्षसम्म क्लबमा बस्नसक्ने विकल्प पनि सम्झौतामा उल्लेख हुनेछ । बुधबार पिएसजीले मेस्सी क्लबमा भित्रिएको विषयमा पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी दिने भएको छ ।

    • प्रकाशित मितिः साउन २६, २०७८
    • 161 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.