काठमाडौँ / टर्कीमा बाढीमा परी कम्तीमा २७ जनाको मृत्यु भएको छ । देशको उत्तरी क्षेत्रमा पर्ने सामुन्द्रिक तटीय क्षेत्रमा आएको बाढीमा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् ।

बाढीमा परेर केही व्यक्ति अझै बेपत्ता रहेका र उनीहरूको खोजी तथा उद्धारको प्रयास भइरहेको छ । राष्ट्रपति रेसेप एड्रोगानले विनाशकारी बाढी पहिराको घटनाप्रति दुःख व्यक्त गर्दै आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् । 

OM Sai Pathibhara Hospital

टर्कीमा बेलाबेलामा यस्तै प्राकृतिक प्रकोपका घटनाहरू भइरहने गरेका छन् । साथै जलवायु प्रदूषणका कारण पनि यस्ता घटनाहरू संसारभरि नै बढेको विज्ञहरूले बताएका छन् ।