बिर्तामोड / सामाजिक सञ्जाल ट्वीटरले ६ दिनसम्म लक गरेको भारतीय राष्ट्रिय कांग्रेसका नेता राहुल गान्धी र उनको पार्टीको आधिकारिक ट्वीटर एकाउन्ट अनलक गरिदिएको छ ।

ट्वीटरले आफ्नो नियमको पालना गर्दै यी एकाउन्टहरू लक गरिएको जनाउदै अनलक गरेको  

OM Sai Pathibhara Hospital

ट्वीटरले कांग्रेस पार्टीसँग जोडिएका ५ हजार एकाउन्टहरू लक गरेको थियो । गान्धीले पछिल्लो समय बलात्कारपछि हत्या भएकी एक दलित बालिकाको दाहसंस्कारको तस्बिरमा पीडित परिवार सार्वजनिक गरेका थिए । त्यसयता कांग्रेस पार्टीसँग जोडिएका धेरै एकाउन्टहरू लक भएका हुन्

ट्वीटर अनलक भएपछि ट्वीटरमार्फत नै कांग्रेस पार्टीले पहिलो प्रतिक्रिया दिएको छ । सत्यमेव जयते,’ पार्टीको ट्वीटर एकाउन्टमा लेखिएको छ ।