एजेन्सी  / अफगानिस्तानमा  आन्तरिक विस्थापित भएका ठूलो सङ्ख्यामा  मानिसहरू लडाइ र तालिबानको शासन बाट बच्न राजधानी काबुलतिर लागेका छन्। काबुलमा स्थिति अपेक्षाकृत शान्त छ।

मंगलबार, हजारौं मानिसहरू काबुल शहरमा खुला ठाउँमा भेला भएका थिए। अफगानिस्तानको ताखारको उत्तरी प्रान्तबाट भागेका एकजना व्यक्तिले तालिवानले कब्जा गरेको आफ्नो घरबाट कुनै सामान ल्याउन सकेनन ।एउटा कप सम्म पनि साथमा ल्याउन असमर्थ भएका ति व्यक्ति आफ्नो परिवारका सदस्यहरूको ज्यान बचाउन सफल भएकोमा खुसी देखिन्थे।

OM Sai Pathibhara Hospital

यसैगरी स्थानीय तखारका अर्का व्यक्तिले उनी दुई दिन पहिले काबुल आइपुगेको जानकारी दिए। उनले प्रान्तमा लडाइ जारी रहेको जानकारी दिए। उनले आफ्नो घर जलेको पनि बताएका छन्। ती मानिसले आफूलाई के गर्ने हुन थाहा नभएको दुखेसो पोखे।

संयुक्त राष्ट्रसंघीय मानवीय मामिला समन्वय कार्यालयले करिब १ महिनाको अवधिमा ३ हजार मानिसहरू आफ्नो घर छोड्न बाध्य भएको अनुमान गरेको छ।