काठमाडौँ / ब्राजिलमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट दुई सय ११ जनाको मृत्यु भएको छ । ब्राजिलमा सङ्क्रमणबाट ज्यान गुमाउने नागरिकको संख्या पाँच लाख ६४ हजार ७७३ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३५ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो सहित ब्राजिलमा कोरोनाबाट सङ्क्रमित हुने नागरिकको संख्या दुई करोडभन्दा बढी रहेको मन्त्रालयले जनाको छ ।

OM Sai Pathibhara Hospital

ब्राजिलमा केही महिनाअघि कोरोना सङ्क्रमण दर घटेको भएपनि पछिल्ला केही महिनामा भने संक्रमण दर बढ्दै गएको देखिएको छ ।

सरकारले कोरोना भाइरसविरुद्धको खोपलाई प्राथमिकतामा राखेर नागरिकलाई खोप दिने गरेको छ । ब्राजिल सरकारले खोप दिने कामलाई देशव्यापी अभियानको रुपमा सञ्चालन गरेको छ ।