काठमाडौँ / अफगानिस्तानमा विद्रोही समूह तालिबानीले राजधानी काबुल बाहेक देशका मुख्य ठूला सहरहरु सबै कब्जा गरिसकेका छन् । बीबीसीका अनुसार तालिबानी समूहले पूर्वी सहर जलालावाद पनि आइतबार नियन्त्रणमा लिएका छन् । 

अफगान सरकारको पकडमा देशका प्रमुख सहरमध्ये अव राजधानी काबुल मात्रै बाँकी छ । तालिबानी लडाकुहरू राजधानी काबुल नजिकै पुगिसकेका छन् भने त्यो पनि कब्जामा लिने प्रयासमा छन्। 

OM Sai Pathibhara Hospital

तालिबान विद्रोहीले अहिले देशका अधिकांश क्षेत्रमा कब्जा गर्न सफल भएको छ । पछिल्लो हिंसाका कारण अफगानिस्तानमा साढे दुई लाख भन्दा बढी मानिस बिस्थापित भएका छन् । विस्थापित भएकाहरूमध्ये धेरै राजधानी काबुल तर्फ गएका छन् ।

तालिबानको नियन्त्रणमा गएको क्षेत्रका महिलाहरूलाई बुर्खा लगाउन बाध्य पारिएको सरकारी अधिकारीहरूले जनाएका छन् ।