काबुल(सिन्ह्वा) अफगानिस्तानमा तालिवान लडाकुको समुहले फेरी ठूला दुइ सहर कब्जा गरका छन् ।

एकपछि अर्को शहरहरू कब्जा गरिरहेको तालिवान लडाकुहरूको समूहले शुक्रबार फेरी अर्का ठूला दुइ सहर कान्दहार र लस्कार गाह सहर  पनि कब्जा गरेका हुन् ।  शुक्रबार बिहान उनीहरूले सो कुरा सार्वजनिक गरेका हुन् ।

OM Sai Pathibhara Hospital

दक्षिण अफगानिस्तानका यी दुई सहर तालिबानका लागि निकै महत्वपूर्ण विजय भएको लडाकुहरूले दाबी गरेका छन् । 

कान्दाहार सहर अफगानिस्तानको प्रमुख व्यापारिक केन्द्र हो । अफगानिस्तानमा जारी सङ्घर्षका बीचमा तालिबानले बिहीबार मुख्य सहर घाज्नी र हेरात पनि आफ्नो नियन्त्रणमा लिइएको बताएको थियो ।

पछिल्ला दिनहरूमा तालिबानले देशैभरि आफ्नो विस्तारलाई कायम राख्ने जनाएको छ । यसै क्रममा उसले विभिन्न सहरमा कब्जा जनाउँदै आएको हो ।

उनीहरूको कब्जा बढ्दै गएपछि पश्चिमा देशहरूले आफ्ना दूतावासका कर्मचारी र नागरिकहरूलाई सुरक्षित रूपमा स्वदेश फर्काउन थालेका छन् ।