काठमाडौँ / अर्जेन्टिनी फरवार्ड लियोनेल मेस्सीले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँगको सम्झौता आजै हुने भएको छ ।

फ्रान्सेली वेवसाइट “एल इक्विपेमा” प्रकाशित समाचार अनुसार मेस्सी केही घण्टाभित्रै पेरिस पुग्ने र उनको मेडिकल चेकजाँच हुनेछ ।

OM Sai Pathibhara Hospital

फ्रि एजेन्ट मेस्सीले दुई वर्षका लागि पिएसजीसँग सम्झौताका लागि सहमति गर्नेछन् ।

थप एक वर्षसम्म क्लबमा बस्नसक्ने विकल्प पनि सम्झौतामा उल्लेख हुनेछ ।

बुधबार पिएसजीले मेस्सी क्लबमा भित्रिएको विषयमा पत्रकार सम्मेलन गरेर औपचारिक जानकारी दिने भएको छ ।