नयाँदिल्ली / भारतमा एकैदिनमा थप ३८ हजार ३५३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

मन्त्रालयका अनुसार अहिले भारतमा सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ८६ हजार ३५१ रहेको छ । सरकारी अधिकारीले दिएको जानकारी अनुसार सक्रिय सङ्क्रमितको यो संख्या १४० दिनयताकै सबभन्दा कम हो ।

OM Sai Pathibhara Hospital

पछिल्लो एक दिनमा सङ्क्रमण मुक्त भएकाको सङ्ख्या ४० हजार १३ रहेको छ । योसँगै भारतमा अहिलेसम्म तीन करोड १२ लाख २० हजार ९८१ जना कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । कूल सङ्क्रमित मध्ये अहिलेसम्म सङ्क्रमण मुक्त भएकाको सङ्ख्या ९७.४५ प्रतिशत हो।

भारतमा अहिलेसम्म कूल सङ्क्रमितको सङ्ख्या तीन करोड २० लाख ३६ हजार ५११ पुगेको सरकारी अधिकारीले बुधबार जानकारी दिएका छन् । कोरोना भाइरसका कारण पछिल्लो एक दिनमा ४९७ जनाको मृत्यु भएको छ भने अहिलेसम्म कूल मृतकको सङ्ख्या चार लाख २९ हजार १७९ पुगेको छ ।

कोरोना शुरु भएबाट हालसम्म ४८ करोड ५० लाख ५६ हजार ५०७ व्यक्तिको कोरोना भाइरस परिक्षण भएको छ । मङ्गलबार एकै दिनमा १७ लाख ७७ हजार ९६२ व्यक्तिको कोरोना भाइरस परिक्षण भएको थियो ।