विदेश

    Showing 1,631-1,640 of 2,133 items.
  • भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा कम

    एजेन्सी / भारतमा कोरोना भाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या एक लाखभन्दा कम भएको छ । महामारीको तेस्रो चरण सुरु भएपछिको पछिल्लो एक महिनापछि दैनिक सङ्क्रमितको सङ्ख्या एक लाखभन्दा कम भएको आइतबार नै पहिलो पटक हो ।कोरोना भाइरसको नयाँ भेरियन्टको रुपमा देखिएको ओमिक्रोन फैलिन थालेपछि सङ्क्रमितहरुको सङ्ख्या एकाएक बढेको थियो । संघीय स्वास्थ्य मन्त्रालयले सोमबार बिहान सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा भारतमा ८३ हजार ८७६ जना सङ्क्रमित भएका छन् ।सोही अवधिमा कोरोना भाइरसबाट सङ्क्रमणमुक्त भएकाहरुको सङ्ख्या भने एक लाख ९९ हजार ५४ रहेको छ । एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्या भन्दा सङ्क्रमणमुक्त

    • प्रकाशित मितिः माघ २४, २०७८
    • 151 पटक पढिएको
  • अफगानिस्तानको सीमा क्षेत्रमा ५ पाकिस्तानी सैनिकको हत्या

    एजेन्सी  / पाकिस्तान र अफगानिस्तानको सीमा क्षेत्रमा कम्तीमा पनि पाँच जना पाकिस्तानी सैनिकको हत्या भएको छ । पाकिस्तानको अफगानिस्तानसँगको सीमा क्षेत्रमा अफगानिस्तान तर्फबाट भएको आक्रमणमा परी पाँचजना पाकिस्तानी सैनिक मारिएका बताइएको छ ।अफगानिस्तान तर्फबाट आतङ्ककारीहरूले पाकिस्तानी सैनिक पोस्टमा हमला गरेका बताइएको छ । पाकिस्तानले आतङ्कवादीहरूले आफ्ना विरुद्धका लागि अफगानिस्तानको भूमि प्रयोग गरेकामा आपत्ति पनि प्रकट गरेको छ । साथै पाकिस्तानी सेनाले आइतबार प्रकाशन गरेको विज्ञप्तिमा सो सीमा क्षेत्रमा भएको हमलामा परी पाकिस्तानी सेनाको तर्फबाट भएको कारबाहीमा ठूलो सङ्ख्यामा आतङ्ककारीहरू पनि मा

    • प्रकाशित मितिः माघ २४, २०७८
    • 139 पटक पढिएको
  • बाइडेन र इजरायली प्रधानमन्त्रीबीच फोनवार्ता

    काठमाडौँ / अमेरिकी राष्ट्रपति जो बाइडेन र इजरायली प्रधानमन्त्री नाफ्ताली बेनेटबीचमा फोनमा वार्ता भएको बताइएको छ । सो फोनवार्ताका क्रममा इरानी आणविक विषयका साथै अन्य विभिन्न अन्तर्राष्ट्रिय राजनीतिका बारेमा कुराकानी भएको बताइएको छ ।इजरायलको प्रधानमन्त्रीको कार्यालयले सो कुरा बताएको छ । इजरायलको प्रधानमन्त्रीको कार्यालयले आइतबार उनीहरूका बीचमा कुराकानी भएको विज्ञप्तिमार्फत जनाएको हो । इजरायलको आणविक कार्यक्रमलाई कसरी नियन्त्रण गर्ने भन्ने बारेमा उनीहरूबीच फोनमा कुराकानी भएको सो विज्ञप्तिमा जनाइएको छ ।सो वक्तव्यका अनुसार फोनवार्ताकै क्रममा प्रधानमन्त्री बेनेटले अमेरिकी राष्ट्रपति बाइडेनलाई इजरायल

    • प्रकाशित मितिः माघ २४, २०७८
    • 145 पटक पढिएको
  • क्यानडाको राजधानी ओटावामा आपतकाल घोषणा

    एजेन्सी / क्यानडाको राजधानी ओटावामा आपतकाल घोषणा भएको छ। एक साताभन्दा बढी समयदेखि कोभिड प्रतिबन्धविरूद्ध ट्रक चालकले गरेको प्रदर्शन जारी रहँदा ओटावाका मेयर जीम वाट्सनले सहर पूर्ण रूपमा नियन्त्रणबाहिर गएको भन्दै आपतकाल घोषणा गरेका हुन्।ट्रक ड्राइभरहरूलाई कोभिड खोप अनिवार्य गर्ने सरकारी नियमपछि राजधानी ओटावामा ुफ्रिडम कन्भोईु नामको प्रदर्शन सुरू भएको थियो। मेयर वाट्सनले प्रदर्शनकारीले बढ्दो रूपमा असंवेदनशील व्यवहार गरेको बताएका छन्।क्यानडाको रेडिओ सीएफआएसँग बोल्दै मेयर वाट्सनले प्रदर्शनकारीले बारम्बार हर्न र साइरन बजाउने तथा पटाका पड्काउनेजस्ता काम गरेर त्यसलाई पार्टीजस्तो गरेको आरोप लगाएका छन्।

    • प्रकाशित मितिः माघ २४, २०७८
    • 170 पटक पढिएको
  • युवतीले आफूभन्दा २८ वर्ष जेठोसँग बिहे गरेपछि

    काठमाडौं / अमेरिकाकी २२ बर्षीय एलिजा नामकी युवतीले ५० बर्षीय रिक नामको पुरुषसँग विवाह गरेर बस्दै आइरहेकी छिन् । उनीहरु बीच २८ बर्षको उमेर अन्तराल रहेको छ ।उमेर अन्तरालका कारण उनीहरुबीच धेरै समस्याहरु आइपर्ने गरेको छ । कहिलेकाहीँ उनीहरूको सम्बन्धलाई अरुले बाबु छोरीको संज्ञा दिने गरेका छन् । युवतीले ती पुरुष आफ्नो बाबु नभएर श्रीमान् रहेको सबैलाई बताउँदै आउनु परेको बताउँछिन् ।उनीहरु करिब ४ बर्ष पहिला प्रेमसम्बन्धमा थिए । रिर्पोटका अनुसार सन् २०१८ मा युवतीले पेट्रोल पम्पमा काम गर्ने क्रममा ती पुरुषलाई भेटेकी थिइन् । तब युवती मात्र १८ बर्षकी थिइन् ।सुरुमा पुरुषले युवती प्रति कुनै रुचि राखेका थिएनन्

    • प्रकाशित मितिः माघ २३, २०७८
    • 148 पटक पढिएको
  • इरानमाथिको प्रतिबन्ध हटाउन अमेरिकालाई दबाब

    काठमाडौँ / इरानमाथि लगाएको प्रतिबन्ध फुकवा गर्दै आणविक वार्ता थाल्न यतिबेला अमेरिकामाथि दबाब परेको छ । इरानमाथिको प्रतिबन्ध  फुकवा गरेर वार्ताका लागि प्राविधिक छलफल थाल्नु पर्नेमा अमेरिकी विदेश मन्त्रालयले जोड दिएका छन् ।सन् २०१५ को आणविक सम्झौतामा फर्कन अमेरिकालाई दबाब परेकाले वासिङ्टन र तेहरान बीचको वार्ता अघि बढाउन दबाब परेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् । यसअघि पनि पटक पटक भएका वार्ताहरू अन्तिम चरणमा प्रवेश गरेपछि ट्रम्प प्रशासनले एकतर्फी रुपमा सहमति भङ्ग गरेपछि इरान र अमेरिकाको सम्बन्ध चिसिएको थियो ।त्यसपछि अमेरिकाले एकतर्फी रुपमा इरानमाथि प्रतिबन्धको घोषणा गरेक

    • प्रकाशित मितिः माघ २२, २०७८
    • 157 पटक पढिएको
  • भारतमा भूकम्प

    काठमाडौँ / भारतमा ६.१ म्याग्नीच्युडको भूकम्प आएको छ । देशको दक्षिण पूर्वी क्षेत्रमा केन्द्र विन्दु भएर भूकम्प आएको अमेरिकी भौगर्भीक सर्वेक्षणले जनाएको छ ।स्थानीय समय अनुसार शुक्रबार राती भूकम्प आएको हो । भूकम्पका बारेमा थप विवरण र त्यसले पारेको असर सम्बन्धी विवरण भने आउन बाँकी नै रहेको अधिकारीहरूले जनाएका छन् ।

    • प्रकाशित मितिः माघ २२, २०७८
    • 159 पटक पढिएको
  • विमान दुर्घटना : सात जनाको मृत्यु

    एजेन्सी / पेरुको नाज्का मरुभूमिमा पर्यटक बोकेको विमान दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ ।पर्यटकहरूलाई नाज्का लाइनहरू देखाउन गइरहेको विमान दुर्घटनामा परेको समाचारसंस्था एएनआईले जनाएको छ ।नाज्का विशाल भूगोलको विश्वव्यापी रूपमा परिचित समूह हो । नाज्का क्षेत्र जेटबाट राम्रोसँग देख्न सकिन्छ ।दुर्घटनाग्रस्त विमानमा नेदरल्यान्ड र चिलीका नागरिक रहेका थिए । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको पेरुको सरकारलाई उदृत गर्दै एएनआईले जनाएको छ ।  

    • प्रकाशित मितिः माघ २२, २०७८
    • 179 पटक पढिएको
  • निर्माणाधीन भवन भत्किँदा सात जनाको मृत्यु तीनजना घाइते

    एजेन्सी / भारतको पुणेमा निर्माणाधीन भवनमा फलामको स्ल्याब खसेर सात मजदुरको मृत्यु भएको छ । गएराति भएको सो दुर्घटनामा अन्य तीनजना घाइते भएका छन् । दुर्घटना यरवडा क्षेत्रको शास्त्री वाडिया बंगला नजिक भएको हो । भवनको बेसमेन्टमा रहेको फलामको स्ल्याब भत्किँदा सो दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सञ्चारमाध्यमका अनुसार दुर्घटनामा मृत्यु हुने अधिकांश व्यक्ति बिहारका हुन् ।  भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो दुर्घटनाप्रति दुःखसमेत व्यक्त गरेका छन् ।

    • प्रकाशित मितिः माघ २१, २०७८
    • 169 पटक पढिएको
  • तालिबान सरकारद्वारा महिला अधिकारकर्मी नियन्त्रण

    एजेन्सी / अफगानिस्तानमा तालीबानी सरकारले एक महिला अधिकारकर्मीलाई नियन्त्रणमा लिएको छ । राजधानी काबुलस्थित आफ्नै निवासमा रहेको अवस्थामा तालीबानीको टोलीले महिला अधिकारकर्मी मुर्सल अयारलाई नियन्त्रणमा लिएको हो ।योसँगै मुर्सल अयार अफगानिस्तानमा तालीवानीद्वारा नियन्त्रणमा लिने महिला मध्ये छैठौं महिला अधिकारकर्मी हुन् । यसअघि गत जनवरी १९ मा तालीवानले महिला अधिकारकर्मी पारवाना इब्राहिम, तमना पर्यानी र तीनका तीन बहिनीहरूलाई नियन्त्रणमा लिएको थियो भने उनीहरूको अवस्था अज्ञात छ ।पछिल्लो समय अफगानिस्तानको कारागारमा रहेका महिलाको अवस्थाबारेको बाहिरिएको रिपोर्टको जिम्मेवार महिला अधिकारकर्मीहरू रहेको भन्दै उ

    • प्रकाशित मितिः माघ २०, २०७८
    • 144 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.