एजेन्सी / भारतको पुणेमा निर्माणाधीन भवनमा फलामको स्ल्याब खसेर सात मजदुरको मृत्यु भएको छ । गएराति भएको सो दुर्घटनामा अन्य तीनजना घाइते भएका छन् । 

दुर्घटना यरवडा क्षेत्रको शास्त्री वाडिया बंगला नजिक भएको हो । भवनको बेसमेन्टमा रहेको फलामको स्ल्याब भत्किँदा सो दुर्घटना भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सञ्चारमाध्यमका अनुसार दुर्घटनामा मृत्यु हुने अधिकांश व्यक्ति बिहारका हुन् ।  

OM Sai Pathibhara Hospital

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सो दुर्घटनाप्रति दुःखसमेत व्यक्त गरेका छन् ।